

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले निर्माण व्यवसायी निरन्जन प्रसाद भट्टलाई भौतिक पूर्बाधार विज्ञ सल्लाहकार नियुक्त गरेको छ । भीमदत्तका मेयर पदम बोगटीको सचिवालयमा कार्यरत रहने गरी भट्टलाई अवैतनिक सल्लाहकार नियुक्त गरिएको छ ।
भट्ट निर्माण व्यवसायी कञ्चनपुरका निवर्तमान अध्यक्ष हुन । उनी हाल उदयदेब बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष छन् ।
भीमदत्तका मेयर पदम बोगटीले नगरपालिकाको समग्र भौतिक पूर्वाधार विकास निर्माणबारे बिज्ञ सल्लाहका लागि भट्टलाई सल्लाहकार नियुक्त गरेका हुन् ।
मेयर बोगटीले भट्टलाई नियुक्त गरिएको पत्र पठाएका छन् । भीमदत्त १५ का भट्ट काङ्ग्रेस कञ्चनपुरका जिल्ला कार्य समित सदस्य हुन् । उनी काँग्रेस महाधिवेशन प्रतिनिधि पनि हुन् ।
मेयर बोगटी काङ्ग्रेस कञ्चनपुरका सभापति हुन । बोगटी २०७९ को स्थानीय तह निर्वाचनबाट मेयर निर्वाचित भएका थिए ।

कार्यकाल सकिन लाग्दा उनले भौतिक पूर्वाधार सल्लाहकार नियुक्त गरेका छन् ।
बोगटीले निर्वचित भए पछि कानुनी, प्रशासनिक, प्रेस लगायत बिभिन्न पदका सल्लाहकार नियुक्त गरेका थिए ।
भट्ट निङ्गलाशैनी माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हुन् । उनले २०७९ मा राष्ट्रपतिबाट जनसेवा श्री बाट बिभूषित भएका थिए ।
उनीगरु सबै छाडेर बाहिरिएका थिए । त्यसपछि मेयर बोगटीले दोस्रो पटक भट्टलाई सल्लाहकार नियुक्त गरेका छन् ।
यसैबीच भट्ट सल्लाहकार नियुक्त भएपछि उदयदेब बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले बधाई दिँदै कार्यकाल सफलताको कामना गरेका छन् ।
उनले भनेका छन् ‘उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लि.का उपाध्यक्षज्यूलाई भीमदत्त नगरपालिकाले विज्ञ सल्लाहकार पदमा नियुक्त गर्नु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं । यहाँको ज्ञान, अनुभव, दक्षता र दूरदर्शी नेतृत्वले भीमदत्त नगरपालिकाको समग्र विकास, सुशासन, नीति निर्माण तथा जनसेवामुखी कार्यमा महत्वपूर्ण योगदान पुग्नेमा पूर्ण विश्वास व्यक्त गर्दछौं ।’

