ghar sansar

कञ्चनपुरमा एक वर्षमै सवारी दुर्घटनामा परी ४१ जनाले गुमाए ज्यान, ८ सय बढी घाइते

khasi

महेन्द्रनगर । कञ्चनपुरमा एक वर्षमा साढे पाँच सय बढी सवारी दुर्घटना भएर ४१ जना ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत आर्थिक वर्ष २०८२÷०८३ मा जिल्लाभर ५ सय ६४ सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ४१ जनाले ज्यान गुमाएका छन् । ८ सय ७९ जान घाइते भएका छन् ।

प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी गत आर्थिक वर्षको प्रगति सार्वजनिक गरेको छ । सार्वजनिक प्रगति विवरणमा सवारी दुर्घटना सम्बन्धि उल्लेख गरिएको छ । सार्वजनिक तथ्याङ्क अनुसार जिल्लाभरका सबै सवारी दुर्घटनामा ६ सय ७९ सवारी साधन परेका छन् ।

दुर्घटनामा परेका ३ सय २९ जनाको उद्धार गरिएको छ । ८ सय ३ सय १ सवारी प्रहरी कारवाहीमा परेका छन् ।

सवारी साधन कारवाहीबाट ५९ लाख १४ हजार ५ सय राजश्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए ।

dirghayi clinic

प्रहरीले गत वर्षको सवारी दुर्घटनाको कारण विश्लेषण समेत गरेको थियो । पत्रकार सम्मेलन गरी सार्वजनिक गरी प्रगति विवरणमा दुर्घटनाको कारण समावेश गरिएको छ ।

चालक र पशु चौपायाका कारण सवारी दुर्घटना भएको प्रहरी प्रगति विवरणमा उल्लेख छ । त्यसमध्ये सवारी चालकका कारण सबैभन्दा बढी दुर्घटना भएका छन् । प्रहरी तथ्याङ्क अनुसार चालक कारण ५ सय ४८ दुर्घटना भएका छन् । पशु चौपायाका कारण १२ दुर्घटना भएको तथ्याङ्कमा समावेश गरिएको छ ।

प्रहरीका अनुसार सवारी दुर्घटनामा अन्य कारण मौसम, यात्रु, सडक र सवारी साधनका कारण दुर्घटना भएको देखिएको छैन ।

प्रहरी उपरीक्षक गिरी र प्रहरी नायब उपरीक्षक डिएसपी टेक बहादुर रावत पत्रकार सम्मेलनमा सहभागी भएका थिए ।

प्रहरी उपरीक्षक गिरी सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख भइ सकेका अधिकारी हुन् । उनी गत जेठमा जिल्ला प्रहरी इन्चार्ज भएका हुन् ।

गिरी इन्चार्ज भएर आएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक बालेन्द्र नाथलाई ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त बनाउन निर्देशन दिएका थिए ।

प्रहरी उपरीक्षक गिरीले ट्राफिक व्यवस्थापनलाई प्राथमिकता दिएको जिल्ला प्रहरी कार्यालयका अधिकारीहरु बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...