ghar sansar

व्यक्तिगत खर्चमा भारत भ्रमणमा निस्कियो कञ्चनपुर उद्योग बाणिज्य संघको टोली

khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारी र सदस्य भारत भ्रमण निस्केका छन् । संघको कार्यालयमा टिका र खादा लगाएपछि उनीहरु सबैको विदाई गरिएको छ । संघका अध्यक्ष दिनेश मल्ल सहित पदाधिकारी र सदस्य भ्रमणमा निस्किएका छन् ।

कञ्चनपुर उद्योग बाणिज्य संघले आफ्नो फेसबुक पेजबाट भारत भ्रमण निस्किएको टोलीका सदस्यहरुको तस्बिर सार्वजनिक गरेको छ । संघका अध्यक्ष दिनेश मल्लको नेतृत्वमा अध्ययन अवलोकन भ्रमणका लागि टोली भारतको गोवा प्रस्थान गरेको उल्लेख गरिएको छ ।

‘कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लज्यूको नेतृत्वमा संघको टोली अध्ययन अवलोकन भ्रमणका लागि मित्रराष्ट्र भारतको गोवा तर्फ आज प्रस्थान गरेको छ’ संघको फेसबुकमा भनिएको छ, २०८३ श्रावण ८ गते देखि सुरु हुने यस भ्रमणले उद्योग व्यवसाय तथा पर्यटन सम्बन्धित विविध पक्षहरूको अध्ययन गर्ने लक्ष्य राखेको छ ।

भ्रमण टोलीमा संघका कार्य समिति सदस्य सरिता भण्डारी बाहेक सबै पदाधिकारी र सदस्य सहभागी छन् । संघका कार्यकारी अधिकृत हेमराज भट्ट भ्रमण टोलीमा सहभागी छन् ।

dirghayi clinic

संघका अध्यक्ष मल्ल सहित वरिष्ठ उपाध्यक्ष दिपेन्द्रप्रकाश साउँद, उपाध्यक्षहरु तेज बहादुर चन्द र गणेश चटौत टोलीमा छन् । संघका महासचिव राहुल भट्ट र सचिव एनपी जोशी र कोषाध्यक्ष सिद्धराज भट्ट भ्रमणमा गएका छन् ।

सदस्यहरु निरज गुप्ता, जगदीशचन्द्र भट्ट, पारस जोशी, भोजराज अवस्थी, यज्ञराज भट्ट, कौशिल्या बोहरा र लक्ष्मी भट्ट थापा गोवा भ्रमण टोलीमा छन् ।

भ्रमण खर्च संघले व्यहोर्ने छैन । टोली सदस्यहरुका अनुसार पदाधिकारी र सदस्य सबै व्यक्तिगत रुपमा खर्च गरी भ्रमणमा निस्किएका हुन् । उनीहरु सबैले भ्रमणका २५÷२५ हजार खर्च व्यहोर्ने भएका छन् ।

संघका पदाधिकारी र सदस्य व्यक्तिगत खर्चमा भारत भ्रमणमा गएको यो पहिलो पटक हो ।

संघको १८ औं कार्य समिति निर्वाचनबाट मल्लको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...