ghar sansar

लालझाडीबाट जुवा खेलि रहेका ६ जना पक्राउ

khasi

महेन्द्रनगर । लालझाडी गाउँपालिकाबाट जुवातास खेलि रहेका ६ जना पक्राउ परेका छन् ।

dirghayi clinic

लालझाडी गाउँपालिका–२ कसुवास्थित टेन्ट हाउसका सामान राखिएको गोदामबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ वस्ने ३२ वर्षीय दानसिंह राना सहित ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय शंकरपुर, कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार ९१५ रुपैयाँ र तीन गड्डी तास सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...