ghar sansar

बेदकोट वसन्तथलाका वासिन्दालाई झोलुङ्गेले हटायो पाँच किलो घुम्नु पर्ने बाध्यता

झोलुङ्गे उद्घाटन गर्दै मेयर बोहराले भने– आगामी दिनमा सडक स्तरोन्नति हुन्छ

khasi

महेन्द्रनगर । पथरिया नदीका कारण करिब पाँच किलोमिटर घुमेर बजार पुग्दै आएका बेदकोट नगरपालिका–२, बसन्थला, मगरटोलका स्थानीय झोलुङ्गे पुल बनेपछि खुसी भएका छन् ।

नियमित पाँच किलोमिटर यात्रा गरेर दैजीबजार पुग्दै आएका मगर टोलवासीले पथरिया नदीमा झोलुङ्गे पुल निर्माण भएपछि निकै सहज भएको भन्दै खुसी व्यक्त गरेका हुन् ।

स्थानीय जानकी मगरका अनुसार बजार जाँदा करिब एक घण्टा हिँड्नु पथ्र्यो । यो पुल बनेपछि भने निकै सजिलो भएको छ । हिँड्ने दुरी घटेको छ ।

dirghayi clinic

विकट बस्ती मगरटोलबाट एक किलोमिटरमा रहेको दैजीबजार पुग्न विगतमा करिब पाँच किलोमिटर घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको वसुन्थलाका स्थानीय नवराज भट्टले बताए ।

नगरपालिकाका सूचना अधिकारी केशव भट्टले उपभोक्ता समितिमार्फत पुल निर्माण गरिएको जानकारी दिनुभयो । वेदकोट नगरपालिका–२, मगरटोलदेखि वडा नम्बर ३ स्थित त्रिपुरा जोड्ने पुलको लम्बाइ ४८ मिटर छ ।

पुल उद्घाटन गर्दै नगरप्रमुख भोजराज बोहोराले विकट बस्ती मगरटोलवासीको बजार पहुँचमा देखिएको समस्या समाधान गर्ने प्रयास गरिएको बताए ।

नगरप्रमुख बोहोराले आगामी दिनमा यस क्षेत्रको सडक स्तरोन्नति गरिने प्रतिबद्धता पनि जनाएका छन् । झोलुङ्गे पुल उपभोक्ता निर्माण समितिका अध्यक्ष जितेन्द्र देउवाले पुल बनेपछि यहाँका बासिन्दालाई बजार पुग्न तथा विद्यार्थीलाई विद्यालय जानआउन निकै सहज भएको बताए ।

साभार : दिनेश खबर

Himal dental
सम्बन्धित
Loading...