

महेन्द्रनगर । दोधारा चाँदनी नगर अस्पतालमा शनिबार राति भएको घट्ना प्रहरीसम्म पुग्न लागेको छ । शनिबार राति अस्पतालको आकस्मिक उपचार दोधारा चाँदनी नगरपालिका ५ का वडा अध्यक्ष केशव खत्री र स्वास्थ्यकर्मी महेन्द्र विष्टबीच विरामीको उपचारलाई लिएर चर्काचर्की भएको थियो ।
दुई जनाबीच चर्काचर्की हुँदा वडा अध्यक्ष खत्रीले विष्टमाथि हातपात गर्न खोजेको भन्दै उनका आफन्तले इलाका प्रहरी कार्यालय जाने तयारी गरेका छन् ।
‘त्यति राति हातपात गर्न नै गएका रहेछन्, वहाँले विस्तारै बोल्न भन्दा झन्नै कुट्न लागेका, बाहिर ल्याएको रहेछन्’ विष्टकी सासु मन्जु ओलीले भनिन्, ‘एक पटक हानेको रहेछ, नशापानी केही नगर्ने ज्वाँईलाई त्यस्तो गर्दा चुप लाग्ने कुरा छैन, प्रहरीकहाँ जान्छौ, अहिले उजुरी लेखि रहेका छौ ।’
नगर अस्पतालमा बिरामीको उपचारमा लापरबाही गरिएको भन्दै वडा अध्यक्ष केशब खत्रीले आकस्मिक उपचार कक्षमा आक्रोश पोखेका छन् ।
त्यस क्रममा उनी र एचए विष्टबीच चर्काचर्की भएको छ । वडा अध्यक्ष खत्री आफ्नी बुहारीको उपचारका लागि अस्पताल पुगेका थिए ।
बेदकोट नगरपालिका ३ सामादैजीका विष्ट डेढ वर्षदेखि अस्पतालमा कार्यरत छन् । शनिबार विष्टको नाइट ड्युटी थियो । चार डाक्टरमध्ये अस्पतालका तीन डाक्टर विदामा बसेका छन् ।
अस्पतालको बेडमा भर्ना एक बालकको अवस्था देखेर खत्री आक्रोशित हुन पुगेका छन् । खत्री आफैले सामाजिक सञ्जालबाट उपचारमा भएको लापरबाहीको दृष्य लाइभ गरेका छन ।
सामाजिक सञ्जालमा लाइभ भिडियोमा अस्पतालका एचए महेन्द्र विष्ट र खत्रीबीच चर्काचर्की भएको छ । बेदकोट नगरपालिका ३ सामादैजीका विष्ट डेढ वर्षदेखि नगर अस्पतालमा कार्यरत छन् ।
शनिबार विष्टको नाइट ड्युटी थियो । वडा अध्यक्ष खत्री र विष्टबीच राति ११ देखि १२ बजेको बीचमा चर्काचर्की भएको बताइन्छ ।

वडा अध्यक्ष खत्रीले ती स्वास्थकर्मीलाई डाक्टर किन नबसेको र बच्चाको ज्यान गएपछि तपाई जिम्मेवार हुने भनेपछि एचएएले बिस्तारै बोल्न भन्दा खत्री आक्रोशित भएका छन् ।
अस्पतालका ती एचएले डाक्टर आफूलाई सोधेर नगएको र आफूले सक्दो उपचार गरेको बताएका छन् ।
वडा खत्रीलाई उनले तपाई कोलाई मलाई सोधेर भित्र आएको भनेर समेत भनेका छ्न । ती एचएले आफ्नो कुनै गल्ती नभएको भन्दै वडा अध्यक्ष खत्रीसित मुखामुख गरि रहेका छ्न ।
वडा खत्रीले इन्चार्ज गड्डाचौकी भएको र आफूले कुरा गरेको भिडियोमा सुन्न सकिन्छ । नगर अस्पतालका चार डाक्टरमध्ये इन्चार्ज देवेन्द्र सिंह नेगी बाहेक तीन जना बिदामा छन् ।
चार जना डाक्टर भएको अस्पतालमा बिरामी उपचारको जिम्मा एचएलाई भएको भन्दै खत्री झन आक्रोशित भएको देखिएको छ ।
वडा अध्यक्ष खत्रीले अस्पतालमा भ्रष्टाचार र लापरबाही हुने गुनासो हुदै आएको सुने पनि आफैले देखेको बताएक छन् ।
डाक्टरलाई कालोमोसो दल्ने सम्म्को कार्वाही गर्ने वडा अध्यक्ष खत्रीले चेतावनी दिएका छन् ।
एचएसित चर्काचर्कीपछि वडा अध्यक्ष खत्रीले अस्पताल इन्चार्ज नेगीलाई आकस्मिक उपचार कक्षमा बिरामीको उपचारमा गरिएको लापरबाहीबारे जानकारी गराएका छन् ।
इन्चार्ज नेगीसित गरिएको कुराकानीको पनि लाइभ गरेका छन् । नगर अस्पताल दोधारा चादनी नगरपाकिका मातहत छ । दोधारा प्राथमिक स्वास्थ केन्द्रलाई स्तरोन्नति गरी अस्पताल बनाइएको हो ।
यस अघि अस्पतालका स्टोर शाखा प्रमुखले इन्चार्जको कम्प्युटर पासपोड दुरुपयोग गरी औषधि खरिद गरेको भन्दै बिबादमा परेको थियो ।
कंचनपुर ३ का साङ्सद ज्ञानेन्द्र सिंह महताले सामजिक सञ्जालबाट यसको खुलासा गरेका थिए ।
