ghar sansar

पवनदूत अटो म्यानेजमेन्टका नयाँ राजगद्दी गाडी आए, आइतबार उद्घाटनछि सञ्चालनमा आउने

khasi

महेन्द्रनगर । पवनदूत यातायात एण्ड अटो म्यानेजमेन्ट प्रालिका राजगद्दी सफारीका पाँच नयाँ बस आएका छन् ।

आइतबारदेखि ती नयाँ बस उद्घाटन गरी सञ्चालन गर्न लागिएको छ । महेन्द्रनगर काठमाडौं रुटमा चल्ने यी सवारीमा यात्रुले राजगद्दी सीटमा बसेर आरामदायी, भरपर्दो र सुरक्षित यात्रा गर्न पाउने छन् ।

dirghayi clinic

आइतबार विहान वसपार्कमा औपचारिक उद्घाटन र त्यसपछि बाजागाजा सहित बसहरु महेन्द्रनगर बजारमा परिक्रमा गराइने कार्यक्रम बनाइएको छ ।

त्यसपछि आइतबार पहिलो दिन ४ बजे नयाँ बस काठमाडांैका लागि हिँड्ने छ । राजगदी सफारी नाम दिइएका यी सबै सवारी महेन्द्रनगर र काठमाडौंबाट हरेक दिन ४ बजे एकै समयमा सञ्चालन हुने छन् ।

प्रालिका शेयर सदस्य शंकर चन्दले आधुनिक १० गेट ओपन डिजाइन, सुरक्षित र भरपर्दो सेवा, आरामदायी लक्जरी सिट, स्वच्छ वातावरण र आत्मीय आतिथ्य सहित सबै यात्रुलाई शाही अनुभवमा रूपान्तरण गर्ने लक्ष्य सहित राजगद्दी गाड िसञ्चालन गर्न लागिएको बताए ।

४१ सीट क्षमताका राजगद्दी गाडीका यात्रुलाई पानी र बिस्कुट लगायत दिइनेछ । आइतबार उद्घाटनदेखि तीन दिन पहिलो यात्रुको टिकट फ्रि र राइस कुकर दिइनेछ ।

Himal dental
सम्बन्धित
Loading...