

महेन्द्रनगर । दुई महिना अघि बैशाख २८ गते राती एसईई नतिजा खुल्ले गाईगुई चल्न थालेको थियो । विद्या महता यकिन हुन नसकेर सुति सकेकी थिइन् । उनलाई नतिजा भोलि खुल्ने लाग्यो । त्यही कारण उनी अन्य दिनझै सुति हालिन् ।
बज्यैले एकाएक ब्युँझाइन । रिजल्ट खुलेको कुरा भनिन् । त्यसपछि मात्रै थाह पाइन् । अनि मोबाइल खोलेर रिजल्ट हेरिन् ।
बज्यैलाई मावलीपट्टीका दाईले फोन गरी रिजल्ज्ट खुलेको भनेका रहेछन् । विद्या मावली घरम बस्छिन् ।
‘बैशाख २८ गते राती ११ बजे हेरेको, मलाई भोलि खुल्छ भन्ने लागेको, सुतेको, दादाले बज्यैलाई भनेपछि उठाए, अनि हेरे’ उनले भनिन् ।
विद्याले ग्रेडेड भएको नतिजा देखिन् । त्यससपछि बाज्यैलाई पास भएको बताएर सुतिन् । उनको ३ दशमलव ९६ जीपीए आएको थियो । सामाजिक बाहेक सबै बिषयमा ए प्लस थियो । दोस्रो विहान मार्क सिट हेरेर सबै विषयको अंक थाह पाइन् ।
रिजल्ट हेरेर उनी खुसी भइन् । आफू पास भएको बज्यैलाई भनिन् ।
नतिजा हेरेपछि उनलाई परिक्षाको पहिलो दिनक याद आयो । भीमदत्त नगरपालिका १२ पूर्णा मावि ऐरीकी विद्या पहिलो दिन परीक्षा केन्द्र सिद्धनाथ अमर माबि गड्डाचौकी पुगिन् ।
एसईईमा पहिलो दिन अङ्ग्रेजी बिषयको परिक्षा थियो । बिद्या एकाएक नर्भस भइन । त्यसको कारण थाह नभएको उनी बताउँछिन् । ‘अङ्ग्रेजी पहिलो दिन नर्भस भएको थिए,त्यही याद आयो, राती हेरेर बज्यैलाई भनेको थिए, मार्क सीट सहितको ग्रेड त बिहान मात्रै हेरे’ उनले भनिन् ।
एसईईमा ४ जिपीए आउनेमा बिद्या ढुक्क थिईन् । सामाजिक विषयले उनलाई रोकिदियो । उनी कञ्चनपुरमा सबैभन्दा उच्च जिपीए ल्याउने टपर छात्रा बनिन् । सामुदायिक बिद्यालयबाट उच्च जीपीए ल्याउने रेकर्ड भने विद्याले आफ्नो नाममा दर्ज गराईन् ।
मावली घरमा बसेर उनले एसईई टप गरिन । बेदकोट नगरपालिका ७ लालपुरकी बिद्या दुई बर्ष उमेरदेखि मामा बस्दै आएकी हुन् । समाजसेवी अशोक बुडापाल उनका मामा हुन् ।
दुई बर्षको हँुदा बिद्या आमाको स्नेहबाट टाढा भइन् । आमाले आफूलाई सध्रैका लागि छाडेर गएको उनले विद्यालय पढ्न थालेपछि मात्रै थाह पाइन् । ५ कक्षा पढ्दा उनलाई आमाले संसार छाडेको थाह भयो ।
भीम महता र मन्जु महताका चार सन्तानमा उनी माइली हुन् । उनीपछि भाइ छ । उनका दुई दिदी छन् । बुवा हाल वैदेशिक रोजगारमा छन् ।
आमाको निधन पछि बिद्या मावली आइन् । उनकी दुबै दिदी डडेल्धुरा गएर बज्यैसित बस्न थाले । उनीहरुले त्यतै पढेर पढे । अहिले उनीहरु उच्च शिक्षा अध्ययनरत छन् ।
बिद्याले न्यू सरस्वती विद्या मन्दिरमा अक्षराम्भ गरिन् । ८ कक्षा उत्तीर्ण गरी उनी पूर्णा माबि भर्ना भएर पढ्न थालिन् ।
उच्च शिक्षा अध्ययनका लागि सरकारी छात्रवृत्ति पाइने भएकाले उनी सामुदायिक बिद्यालय भर्ना हुन पुगिन् । कक्षा ८ मा उनको ३ दशमलव ७१ जीपिए थियो ।
पूर्णामा भर्ना भएपछि कक्षा ९ मा ३ दशमलव ९७ जीपीए ल्याइन । ९ कक्षा हाराहारी जीपीए ल्याए एसईई उत्तीर्ण गरिन् ।
विद्यालय र घरमा नियमित पढेर सफलता पाएको उनी बताउँछिन् ।
विद्याले घर भन्दा बढी विद्यालयमै पढिन् । नियमित कक्षा र अतिरिक्त कक्षामा सहभागी भएर तयारी गरिन् । विद्यालयमा नियमित कोर्ससगै अतिरिक्त कक्षा सञ्चालन गरेको थियो ।
एसईई नतिजा सुधारका लागि अतिरिक्त कक्षा सञ्चालन गरिएको प्रधानाध्यापक खेमराज बोकटीले बताए । बोकटी गणित बिषयका शिक्षक हुन् ।
बिहान बिद्यालय आएर साझ मात्रै घर फर्किएको बोकटी सम्झन्छन् । क्यान्टीमा नास्ता र कहिले भोकै बसेर शिक्षकहरुले अतिरिक्त कक्षा पढाएका थिए ।
‘बिहान ७ बजेर आएर साँझ ७ बजे मात्रै घर जान्थ्यौ, प्ल्स टु अर्डिनेटर सर सहित हामी सबै लाग्यौ, टिपिन लिएर आउने, क्यान्टिनमा खायौ’ उनले भने, ‘एसईईको नतिजा राम्रो होस भनेर लागेका थियौ ।

भीमदत्त १२ नम्बर वडाले खाजा खर्च सहयोग गरेको थियो । विद्यालय बाहिरका शिक्षक पनि अतिरिक्त कक्षा पढाउन आएका थिए ।
अतिरिक्त कक्षामा गणित, बिज्ञान, अंग्रेजी र अप्सनल गणितको पढाई गरिएको थियो ।
‘सुरुदेखि नै पढी राख्नु परो, अर्को बिद्यालयमा पढेको कुरा घरमा रिभिजन गरि राख्नु परो’ विद्याले भनिन्,‘बुक बाहेक अरु प्रयोगात्मक कुरा पनि हेर्न परो ।’
विद्यालाई शिक्षण गर्न मन लाग्छ । एसईई नतिजा आए पछि उनले विद्यालय आएर आफ्नै साथीहरुलाई ग्रेड वृद्धि परिक्षाको तयारी कक्षा पढाईन् ।
एईईमा बिद्या सहित ३१ जना ग्रेडेड भएका भएका थिए । त्यसमा ६ जनाको ए प्लस थियो ।
नन ग्रेडेडमध्ये ५० जना ग्रेड वृद्धि परिक्षा दिन पाउने सूचीमा थिए । उनीहरुका लागि बिद्यालयमा ग्रेड वृद्धि तयारी कक्षा संचालन गरिएको थियो ।
बिद्यालयले उनलाई पढाउन आग्रह गरेको थियो । उनले एक महिना अंग्रेजी र ओपीटी म्याथ पढाईन् ।
‘मैले नै फोन गरी फूर्सद छ भनेर सोधे, पढाउनु पर्ने कुरा राखे, हुन्छ, भनिन, त्यसपछि आएर पढाउन थालिन्’ प्रधानाध्यापक बोकटीले भने, ‘उनी यो विद्यालयका उत्कृष्ट छात्रा हुन्,पहिला पनि पढाई राख्थिन् ।’
ग्रेड परीक्षामा ३१ जना पास भए । रेगुलर र मौका दुबैको नतिजा गुणात्मक छ प्रधानाध्यापक बोकटीले भने, संख्या त बढी हुनु पर्ने आश थियो ।
बिद्या इन्जिनियर बन्न चाहन्छिन । उनी रेडियन्ट माध्यमिक विद्यालयमा कम्प्युटर साइन्स बिषय पढ्न थालेकी छन् । रेडियन्टमा उनले ६५ प्रतिशत छात्रवृत्ति पाएकी छन् ।
रेडियन्टमा पढाई राम्रो भएको उनी बताउँछिन् । बिद्या सहित बिद्यालयबाट एसईई उत्तीर्ण १० जना साइन्स पढ्न थालेका छन् ।
बिद्यालाई बार्षिकोत्सव कार्यक्रममा भव्य सम्मान गर्ने प्रधानाध्यापक बोकटी प्रधानाध्यापक बोकटी एसईई नतिजा सन्तोसजनक भएको बताउँछन् ।
२०८० चैतमा सरुवा भएर बोकटी पूर्णा माबि आएका हुन् । त्यस अघि उनी ५ बर्ष त्रिभुवन माबि बोराडाँडी बसेका थिए ।
पूर्णा आएपछि उनी एक बर्षदेखि प्रधानाध्यापक छन् । २०५४ मा बीएस्सी गरेपछि बाल जागृति स्कुलबाट शिक्षण सुरु गरेका सामुदायिक बिद्यालयमा निजी स्रोत, अस्थायी हुदै स्थायी भएका हुन् ।
२०७१ मा स्थायी हुन अघि उनले १७ बर्ष सरस्वती माबि उल्टाखाममा अस्थायी शिक्षण गरे । त्यस अघि उनले एक बर्ष लक्ष्मी माबि बागफाटामा निजी स्रोतमा पढाएका थिए ।
स्थायी भएपछि उनी बाजुराको भानुदय नमूना माबि बुढीगङ्गा गए । त्यहाँबाट सरुवा भएर उनी बोराडाडी आएका हुन् ।
‘यस अघि यस विद्यालयमा २०७१ मा उत्कृगठ नतिजा आएको थियो, यो पटक यो नतिजा कञ्चनपुरमै आएको पहिलो पटक हो’ प्रधानाध्यापक बोकटीले भने ।
विद्यालयको पहिलो एसएलसी ब्याच २०४७ को हो । शिक्षक जनकराज जोशी एसएलसी पहिलो ब्याचका विद्यार्थी हुन् । उनी सरस्वती मावि परखेडीका शिक्षक हुन् ।
२०१७ मा रुखको फेदमा विद्यार्थी पढाउन थालिएको यो विद्यालय पूर्णागिरी माताको नामबाट नामाकरण गरिएको थियो ।
‘रुखको फेदबाट यहाँसम्म पुग्दा विद्यालयले शैक्षिक प्रगति सन्तोसजनक रुपमा गर्दै आएको छ’ विद्यालयका कोअर्डिनेटर भरत चन्दले भने, ‘१२ को नतिजा पनि राम्रो छ ।’
२०६४ देखि कक्षा ११ र १२ मा व्यवस्थापन , शिक्षा र आट्र्स पढाई हुने गरेको छ ।
