
शिक्षक महासंघ परिषद्मा मन्तव्य राख्दै जोशीले भने– शिक्षक अधिकारका लागि आत्मदाह गर्ने अवस्था आए सबैभन्दा पहिले म गर्छु

महेन्द्रनगर । नेपाल शिक्षक महासंघको काठमाडौंमा भएको तेस्रो राष्ट्रिय परिषद्मा शिक्षक आन्दोलनका घाइते पुष्पमणी जोशीले शिक्षक हक अधिकारका लागि हुने आत्मदाह गर्न परे आफूले सबैभन्दा पहिले गर्ने बताएका छन् ।

परिषद् बैठकमा सुदूरपश्चिम प्रदेशको तर्फबाट सम्बोधन गर्दै जोशीले गत वर्ष शिक्षक आन्दोलनमा आफू लगायत धेरै शिक्षक घाइते भएको स्मरण गर्दै फेरि आन्दोलन भएर आत्मदाह गर्ने अवस्था आएमा आफूले सबैभन्दा पहिले गर्ने बताएका हुन् ।
भीमदत्त नगरपालिका १४ वनकट्टीस्थित बैजनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक जोशी शिक्षक आन्दोलनमा घाइते भएर अझैसम्म पूर्ण रुपमा निको हुन सकेका छैनन् । जोशीको काठमाडौंमा उपचार गरिएको थियो ।
शिक्षक महासंघले जोशीलाई निडर र शिक्षक आन्दोलनमा सशक्त योद्धा भन्दै सम्मान गरेको छ ।
