ghar sansar

पूर्व वडा अध्यक्ष राम नाथले विज्ञप्ति निकाल्दै भने –पार्टी छाडेको भ्रम फैलाएको भन्दै दुःखी छु

khasi

महेन्द्रनगर । नेपाली कम्युनिष्ट पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य राम नाथले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको भन्दै सामाजिक सञ्जालमा फैलाइएको भ्रमप्रति आपत्ति जनाएका छन् ।

राम नाथले जारी गरेको प्रेस विज्ञप्तिमा आफू लामो समयदेखि नेपाली कम्युनिष्ट पार्टीमा रहेर पार्टीको नीति तथा कार्यक्रमप्रति दृढतापूर्वक आत्मसात् गर्दै सक्रिय रहेको उल्लेख गरेका छन् ।

उनले केही दिनयता आफू रास्वपामा प्रवेश गरेको र सो पार्टीको सदस्यता लिएको भन्ने आशयका भ्रामक समाचार सामाजिक सञ्जालमा सम्प्रेषण भएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

dirghayi clinic

विज्ञप्तिमा भनिएको छ, “उक्त भ्रमक प्रचारप्रति दुःख व्यक्त गर्दै म अझै पनि नेपाली कम्युनिष्ट पार्टीमै निष्ठापूर्वक क्रियाशील रहेको जानकारी यसै प्रेस विज्ञप्तिमार्फत सम्पूर्णमा स्पष्ट पार्दछु ।”

राम नाथले आफू नेपाली कम्युनिष्ट पार्टीमै सक्रिय रहेको स्पष्ट पार्दै भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह गरेका छन् ।

गत महिना नाथले रास्वपा प्रवेश गरी सदस्यता लिएको भन्दै सामाजिक सञ्जालबाट उनको सदस्यता सार्वजनिक भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...