ghar sansar

पार्टी एकतापछि नेकपा कञ्चनपुरको बन्यो जम्बो जिल्ला कमिटी

नेकपा कञ्चनपुरको जिल्ला कमिटी, प्रकाश रावल इन्चार्ज र खेम राज पाण्डेय जिल्ला संयोजक

khasi

महेन्द्रनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कञ्चनपुरको पार्टी एकता समायोजन घोषणा गरिएको छ ।

कञ्चनपुर उद्योग बाणिज्य संघको सभामा तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहित कम्युनिस्ट पार्टी एकीकरण भएर फागुन २१ गतेको चुनाव अघि नेकपा बनेको थियो ।

नेकपा केन्द्रीय कमिटीको अन्तर पार्टी निर्देशन (अपानी) अनुसार नेकपा कञ्चनपुरको पार्टी एकता समायोजन घोषणा गरिएको छ ।

नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्ज भानु भक्त जोशीले व्यानर बाचन गरे । त्यसपछि जोशीले नेकपा कञ्चनपुर जिल्ला कमिटीका सदस्यलाई शपथ खुवाईएको छ ।

dirghayi clinic

पार्टी एकता घोषणा र शपथ ग्रहणपछि नेकपा कञ्चनपुरको जिल्ला कमिटी सात सय ५१ सदस्यीय बनेको छ ।

साविक समाजवादीका नेता प्रकाश रावल नेकपा कंचनपुर इन्चार्ज र माओवादी केन्द्रका खेम राज पाण्डेय जिल्ला संयोजक भएका छन् ।

समाजवादीका प्रताप तिरुवा नेकपा कञ्चनपुरको सह संयोजक बनेका छन् । नेकपा केन्द्रीय कमिटीका कञ्चनपुरका सबै केन्द्रिय सदस्यहरु जिल्ला सह इन्चार्ज भएका छन् ।

जिल्ला कमिटी एकता समायोजन भएपछि पालिका र वडामा एकता घोषणा गरिने छ । नेकपाले जेठ मसान्तभित्र पार्टी एकता घोषणा गर्न अपानी जारी गरेको थियो ।

कार्यक्रममा नेकपा सुदूरपश्चिम प्रदेश संयोजक हरिराम चौधरी, सह संयोजक लाल बहादुर खड्का लगायत केन्द्रिय सदस्यहरु सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...