ghar sansar

कञ्चनपुर ३ मा काँग्रेसका अधिकाँश क्रियाशिलले गराए सदस्यता अद्यावधिक, ८ सय बढी थपिए नयाँ सदस्य

khasi

महेन्द्रनगर । कञ्चनपुर ३ मा काँग्रेसका अधिकाँश क्रियाशिल सदस्यले सदस्यता अद्यावधिक गरेका छन् ।
काँग्रेस विशेस महाधिवेशनबाट गगन थापाले पार्टी नेतृत्व गरेपछि बैशाख १ गतेदेखि पार्टी सदस्यता अद्यावधिक सुरु गरिएको थियो ।

पार्टी केन्द्रिय निर्देशन अनुसार कंचनपुरका तीन ओटै निर्वाचन क्षेत्रमा पार्टी सदस्यता अद्यावधिक थालिएको थियो ।
कञ्चनपुर ३ मा काँग्रेस ३ प्रदेश क का प्रदेश सभापति पदम राज अवस्थीलाई सदस्यता अद्यावधिक जिम्मा दिइएको थियो ।

काँग्रेस कञ्चनपुर ३ का क्षेत्रीय सभापति केशब चन्दले सदस्यता अद्यावधिक जिम्मेवारी लिन अस्वीकार गरेपछि अवस्थीले जिम्मा पाएका हुन् ।

काँग्रेस क्षेत्रीय समितिमा प्र्देश सभापति पदेन उप सभापति हुने व्यवस्था छ । कञ्चनपुर ३ मा दुई हजार पाच सय सदस्यले सदस्यता अद्यावधिक गरेका छन् ।

यो अद्यावधिक अघिल्लो बर्ष पुसमा क्रियापशल सदस्यता नविकरण गरिएका तीन हजार दुई सय सदस्यमध्येबाट अद्यावधिक भएको हो ।

कञ्चनपुर ३ मा चार हजार सात सय काँग्रेसका क्रियाशिल सदस्य छन् । सदस्यता अद्यावधिकसंगै ८ सय ८० ले नयाँले क्रियाशिल सदस्यता लिएका छन् ।

नयाँ क्रियाशिल सदस्यता लिने सबै युवा भएको अद्यावधिक संयोजक अवस्थीले बताए । ‘काँग्रेस पार्टी सदस्यको दुरुस्त डाटा राख्नका लागि सदस्यता गरिएको हो’ उनले भने, ‘यो हामीले बैंकमा ग्राहकका सबै बिबरण भर्ने केवाइसी भरे जस्तै नै हो, यो सबै अनलाईनमा हुन्छ ।’

काँग्रेस महासमिति सदस्य पूर्व मन्त्री तारिणी चटौतले कञ्चनपुर ३ मा सबैभन्दा पहिलो सदस्यता अद्यावधिक गरेका थिए ।

चटौत २०४८ मा तत्कालिन कञ्चनपुर २ बाट साँसद निर्वाचित भएका थिए । अहिले यो निर्वाचन क्षेत्र ३ मा पर्छ ।

चटौतलाई महेन्द्रनगर बजारस्थित उनको घर पुगेर सदस्यता अद्यावधिक गरिएको थियो ।

सदस्यता नविकरणपछि पूर्व मन्त्री चटौतले पार्टी निर्णय राम्रो भएको भन्दै खुसी व्यक्त गरेको अवस्थीले बताए । ‘पार्टीले गरेको निर्णय राम्रो छ, डिजिटलाइजेसन गरेको छ, यसले खुसी छु’ चटौतको भनाई उदृत गर्दै चटौतले भने ।

अद्यावधिक संयोजक अवस्थी सहित केन्द्रिय सदस्य केन्द्रिय सदस्य सन्तोसी साउद ऐरी लगायतका नेताहरु चटौतको सदस्यता अद्यावधिक उनको घर पुगेका थिए ।

dirghayi clinic

सदस्यता अद्यावधिक गर्न चाहने सदस्यले आफ्नो मोबाइलमा आफ्नो व्यक्तिगत विवरण भर्न सकिने व्यवस्था गरिएको छ ।

काँग्रेस पहिलो पटक जेठ २१ गतेसम्म सदस्या अद्यावधिक गर्ने समयसीमा दिएको थियो । त्यसपछि जेठ २८ गतेसम्म बढाएको समयलाई त्यसपछि असार २४ गते पुगाइएको थियो ।

अद्यावधिक संयोजक अवस्थीले गगन थापाले पार्टी नेतृत्व लिएपछि पार्टीमा उत्साह वढेको बताए ।

काङ्ग्रेस १४ औ महाधिवेशनबाट निर्वाचित काङ्ग्रेस कंचनपुरको जिल्ला समितिका उप सभापति हरिशचन्द्र राना, सह सचिव नाफू सिंह साउद र कोषाध्यक्ष पवन बिक्रम सिंहले सदस्यता अद्यावधिक गरेका छन् ।

काँग्रेस कञ्चनपुरका सभापति पदम बोगटी, उप सभापति मिन बहादुर सिंह, सचिव भीमराज भट्ट, हेमराज ओझाले सदस्यता अद्यावधिक गरेका छैनन् ।

काँग्रेस कञ्चनपुर ३ का पूर्व सभापति सुदूरपश्चिम सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह थापाले पनि सदस्यता अद्यावधिक गरेका छन् ।

सुदूरपश्चिम सरकारका सामाजिक बिकास मन्त्री बेल बहादुर रानाको सदस्यता अद्यावधिक भएको छ ।

काँग्रेस भीमदत्त नगर सभापति सुशिल भट्ट,सचिव नितु भट्ट र दोधारा चाँदनी नगर सभापति राजेन्द्र मल्लले पनि सदस्यता अद्यावधिक गरेका छन् ।

काँग्रेस कञ्चनपुर ३ प्रदेश क्षेत्र ख का प्रदेश सभापति पुस्कर जोशीले भने सदस्यता अद्यावधिक गरेका छैनन् ।

अद्यावधिक संयोजक अवस्थीले अद्यावधिक नभए पार्टी सदस्य नहुने बताए । ‘अद्यावधिक नगरे सदस्य हुने भएन । शुभेच्छुक चिन्तक हुन पाउँछ्न्’ उनले भने ।

कञ्चनपुर १ का क्षेत्रीय सभापति गोपी उपाध्यय र २ का सभापति लाल बहादुर सिंहले सदस्यता अद्यावधिक अभियानको नेतृत्व लिएका छन् ।

काँग्रेस कञ्चनपुरका सह सचिव साउदले काँग्रेस विधानमा नविकरण गर्ने र सदस्यता अपडेट गर्ने व्यवस्था भएको बताए । काँग्रेस विशेष महाधिवेशन पुस २८ देखि माघ ४ गतेसम्म काठमाण्डौमा भएको थियो ।

त्यो बिशेष महाधिवेशनपछि युवा नेतृत्वमा आएपछि सबै नेता कार्यकर्ता उत्साहित छै युवा नेता कृष्ण राज भट्टले भने ।

Himal dental
सम्बन्धित
Loading...