ghar sansar

विद्यालय कर्मचारी परिषद् कञ्चनपुर अध्यक्षमा मेख नाथ

khasi

महेन्द्रनगर । नेपाल विद्यालय कर्मचारी परिषद कञ्चनपुरको अध्यक्षमा मेख नाथ चयन भएका छन् । भीमदत्त नगरपालिका ९ स्थित बैजनाथ सिद्वनाथ माध्यमिक बिद्यालयका कर्मचारी नाथ परिषदको सातौ जिल्ला अधिवेशनबाट निर्विरोध अध्यक्ष भएका हुन् ।

उनी २०७० देखि बिद्यालयमा लेखापाल छन् । समिति कार्यकाल चार बर्षको हुने गरेको छ । भीमदत्त नगरपालिका सभा कक्षामा शनिवार अधिवेशन गरिएको छ ।

नयाँ समितिको उपाध्यक्षमा दामोदर सुबेदी, महिला उपाध्यक्ष कृष्णा भण्डारी , सचिव हुकुम बोहरा, सह सचिव धर्म राज पाण्डेय र कोषाध्यक्ष धन बहादुर रोकाया चयन गरिएका छन् ।

नव निर्वाचित अध्यक्ष नाथले बिद्यालय कर्मचारी हक हितका लागि सक्रिय भएर लाग्ने बताए । बिद्यालय कर्मचारीका लागि दरबन्दी सृजना र त्यति बेलासम्म तलब स्केल दिनु पर्ने पहिलो माग भएको बताए ।

६० बर्ष उमेर हद भएका कर्मचारीलाई उपदान दिएर अवकाश दिनु पर्ने परिषदको माग भएको उनी बताउँछन् ।

dirghayi clinic

बिद्यालय कर्मचारीमा लेखापाल र कार्यालय सहयोगी छ्न । कञ्चनपुरमा ३ सय ७१ जना छन् ।

लेखापालले २२ हजार र सहयोगीले १७ हजार तलब सुबिधा पाउँछ्न । यी दुबैमा स्थानीय तहले तलबको सात सात हजार व्यहोर्दै आएका छ्न ।

‘हामीजस्तै काम गर्ने कर्मचारी फूल स्केल तलव खाने, हामीले चाहिँ किन नपाउने, यसरी फरक हुन सक्दैन’ उनले भने ।

परिषद्का निवर्तमान अध्यक्ष इन्द्र सिंह कार्कीले अध्यक्षता गरे । परिषदका केन्द्रिय प्रतिनिधि एबम् दार्चुला अध्यक्ष तोय राज जोशीले अधिवेशन उदघाटन गरे ।

कार्यक्रममा धन बहादुर रोकाया, धन सिङ्ग ऐरी, दामोदर सुबेदी लगायतले मन्तव्य राखे ।

बिद्यालयमा २०६८ देखि लेखापाल राखिएका हुन । त्यस अघिसम्म शिक्षकले लेखाको कामकाज गर्दै आएका थिए ।

Himal dental
सम्बन्धित
Loading...