ghar sansar

भीमदत्तका कति वडामा काँग्रेसका महिलाले लड्छन् वडा अध्यक्ष चुनाव

khasi

महेन्द्रनगर । गैर सरकारी संस्था संजीविनी नेपाल अवद्व सुदूरपश्चिम पश्चिम पैरवी सञ्जालको प्रथम सम्मेलन तथा भेलामा आइतबार भीमदत्त नगरपालिका ५ का वडा अध्यक्ष पदम राज अवस्थीले आफ्नो मन्तव्यको सुरुवात महिलाको पाठेघरको क्यान्सर र स्तन क्यान्सरले महिला सममस्या परेको उल्लेख गर्दै चिन्ता व्यक्त गरे ।

यी दुबै समस्या गम्भीर भएको उल्लेख गर्दै उनले स्थानीय, प्रदेश र संघ तीन तहको सरकारले प्राथमिकता दिनु पर्ने बताए ।

त्यसपछि उनले राजनीतिमा महिला सहभागिताको कुरा गर्दै आगामी स्थानीय तह निर्वाचनमा भीमदत्तका १९ मध्ये १० वडामा महिला वडा अध्यक्ष उम्मेदवार बनाइने घोषणा गरे ।

‘म भन्नु चाहन्छु, हाम्रा पार्टी सभापति गगन कुमार थापाज्यूको चाहना अनुसार अबको स्थानीय तह निर्वाचनमा भीमदत्तका १९ वडामध्ये १० वडामा महिला वडा अध्यक्षको उम्मेदवार बनाउँछौ, ’ उनले भने ।

२०७९ को स्थानीय तह निर्वाचनको उम्मेदवारी सम्बन्धि प्रसङ्ग समेत अवस्थीले कार्यक्रममा उल्लेख गरे ।

अघिल्लो स्थानीय तह निर्वाचनमा भीमदत्तका १९ वडामा एक जना महिला उम्मेदवार भएको र चुनाव जित्न नसकेको अवस्थीले बताए ।

२०७९ को निर्वाचनमा काङ्ग्रेस केन्द्रिय सदस्य सन्तोसी साउद ऐरी वडा अध्यक्ष चुनाव लडेकी थिइन । उनी काँग्रेस महाधिवेशन प्रतिनिधि थिइन् ।

वडा अध्यक्ष अवस्थीले १० महिला वडा उम्मेदवार बनाउने घोषणा गर्दा मंचमा बसेका कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम सरकारका पूर्व सामाजिक बिकास राज्य मन्त्री मधु भारती र कार्यक्रमका अध्यक्ष नितु भट्ट मुसुक्क मुस्कुराएका थिए ।

काँग्रेस विशेष महाधिवेशन पछि अवस्थी कन्चनपुर ३ मा सदस्यता अद्यावधिक संयोजक बनेका छ्न । उनले संयोजकको हैसियतमा टिकट बितरणको कुरा राखेका हुन् ।

मन्चमा बसेका पूर्व मन्त्री भारती शेर बहादुर देउवा समूह र अर्का भट्ट काँग्रेस संस्थापनमा छन् । यस अघि उनीहरू सबै तत्कालीन संस्थापन देउवासित थिए ।

अवस्थीले बोलेपछि काँग्रेस कञ्चनपुर ३ का सचिव उमेश जोशी र काँग्रेस महासमिति सदस्य भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले मन्तव्य राखेका थिए ।

सचिव जोशीले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवार सम्बन्धि केही बोलेन । उनले राजनीतिमा महिला सहभागिता नभएसम्म राज्यको सनावेशी सिद्धान्तले मूर्त रुप लिन नसक्ने बताए ।

भीमदत्त उप मेयर जोशीले भने पार्टी र राज्य सत्ता दुबैमा काङ्ग्रेसले महिला सहभागिता गराउनु पर्ने बताईन् ।

स्थानीय तहको उप मेयर मात्रै नभएर मेयर, प्रदेश साङ्सद, प्रतिनिधि सभा सदस्य र पार्टीमा महिला नेतृत्व आउनु पर्नेमा जोड दिइन् ।

स्थानीय तहको उप मेयर महिलाका लागि मात्रै व्यवस्था गरिएको जस्तो देखिएको भन्दै उनले प्रमुख पदमा उम्मेदवार बनाउनु पर्ने धारणा राखिन् ।

२०७९ को स्थानीय तह निर्वाचन जोशी भीमदत्तको उप मेयर निर्वाचित भएकी हुन । काङ्ग्रेसको मजदुर संगठन, महिला संघमा राजनीति गर्दै उनी महासमिति सदस्य छन् ।

जोशी पार्टीभित्र देउवा समूहमा छ्न । उनले पार्टी भित्र महिलालाई समानुपातिक साङ्सद मात्रै बनाएर नहुने उल्लेख गर्दै प्रत्यक्ष चुनाव लडाउनु पर्ने बताइन् ।

काँग्रेस कञ्चनपुरमा हालसम्म महिलाले पार्टी नेतृत्व पाउन नसकेको र महिलाहरूले पार्टी संचालनमा भूमिका देखाउनु पर्ने आवश्यकता औल्याइन् ।

काँग्रेस कञ्चनपुरमा हालका पार्टी सभापति पदम बोगटीसम्म सबै पुरुषले नेतृत्व गरेका छन् । पार्टी सभापति बाहेक हाल सम्म जिल्ला पदाधिकारी पनि भएका छैनन् ।

dirghayi clinic

काँग्रेस बिशेष महाधिवेशनपछि कंचनपुरबाट पहिलो पटक सन्तोसी ऐरी केन्द्रिय सदस्य भएकी छन् । ऐरी यस अघि देउवा नेतृत्वको संस्थापनमा थिइन् ।

२०७४ को निर्वाचनमा भीमदत्त १९ को वडा सदस्य निर्वाचित भएकी उनी अर्को चुनावमा वडा अध्यक्ष लडेकी थिइन् ।

२०७४ को चुनावमा काङ्ग्रेसबाट भीमदत्तका सबै वडामा पुरुष वडा अध्यक्ष उम्मेदवार भएका थिए ।

२०७४ र २०७९ को प्रदेश र प्रतिनिधि सभा सदस्यका दुबै निर्वाचनमा सबै पुरुष उम्मेदवार थिए । फागुन २१ को निर्वाचनमा पनि तीन ओटै क्षेत्रमा पुरुष नै उम्मेदवार थिए ।

फागुन २१ को चुनावमा कन्चन्पुर ३ मा हरि बोहरा, २ मा एनपी साउद र १ मा गोपी प्रसाद उपाध्यय उम्मेदवार थिए ।

त्यस अघि २०७९ को निर्वाचनमा कञ्चनपुर ३ मा रमेश लेखक र २ मा एनपी साउद उम्मेदवार थिए । तत्कालिन नेकपा माओवादी केन्द्रसित गठबन्धन भएकाले कंचनपुर १ मा बिना मगरलाई सहयोग गरिएको थियो ।

काँग्रेस माओवादी गठबन्धनको भागवण्डा अनुसार पाएका सबै सीटमा पुरुष उम्मेदवार थिए । कञ्चनपुर ३ ख मा बेल बहादुर राना, २ ख मा बहादुर सिंह थापा र १ ख मा दिवान बिष्ट उम्मेदवार थिए ।

२०७४ मा काँग्रेसले एक्लै चुनाव लडेको थियो । एमाले र माओवादी गठबन्धन बनाएर चुनाव लडेका थिए । काँग्रेसमा २०४८ देखि हालसम्म संघीय चुनाव लड्ने एक जना महिला देखिका छैनन् ।

२०४८ मा कंचनपुरका तत्कालीन दुई निर्वाचन क्षेत्रमा पूर्व मन्त्री तारणी चटौत र बासुदेब भट्ट चुनाव लडेका थिए ।

२०५१ को मध्यावधि निर्वाचन पछि काङ्ग्रेसका पूर्व केन्द्रिय सदस्यद्व्य लेखक र साउद सबै भन्दा वढी चुनाव लडेका छन् ।

नयाँ संविधान अनुसार भएका स्थानीय तह निर्वाचनमा कंचनपुरका ९ पालिकामा काँग्रेस महिलालाई उप मेयर वा उपाध्यक्षको मात्रै उम्मेदवार बनाएको छ ।

महिलालाई चुनाव लडाउने र पार्टी नेतृत्व दिनेमा एमाले अघि छ । एमालेको वर्तमान अध्यक्ष महिला छ्न । एमालेको नवौ जिल्ला अधिवेशनबाट बुढा अध्यक्ष भएकी हुन ।

एमालेको ११ औ महाधिवेशन अघि निरु पाल जिल्ला इन्चार्ज थिइन ।

एमालेले २०७४ को स्थानीय तह निर्वाचनमा भीमदत्त ११ मा बिस्ना पन्त भट्टलाई उम्मेदवार बनाएको थियो ।

२०७९ को स्थानीय तह निर्वाचनमा कंचनपुर ३ बाट निरु पाललाई प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाएको थियो ।

एमाले केन्द्रिय सदस्य कमला बोहरा २०७९ मा बेलौरी नगरपालिकाको मेयर लडेकी थिइन् ।

साविक माओवादी केन्द्रबाट बिना मगर २०७०, २०७४, २०७९ र फागुन २१ को चुनाव लडेकी छन् । उनी २०७४ को निर्वाचनमा मात्रै निर्वाचित भएकी थिइन् ।

नागरिक समाजका अगुवा नर बहादुर साउँद स्थानीय तहका आरक्षित पदमा महिला प्रतिनिधित्व उच्च र प्रमुख तथा वडा अध्यक्ष लगायतका पदमा न्यून प्रतिनिधि भएको बताउँछन् । प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधित्व हुन नसकेको र समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गरिएको साउँदको भनाई छ ।

साउँद राजनीतिक तहमा महिलाको प्रतिनिधित्व बढ्न महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै भन्छन्, ‘तर महिला प्रतिनिधित्वलाई अब निर्णय शक्तिमा रुपान्तरण गर्न आवश्यक छ ।’

राजनीतिमा महिला प्रतिनिधित्वका लागि विभिन्न चुनौती भएको साउँदले बताए । उनी भन्छन्, ‘राजनीतिक दलभित्र निर्णायक भूमिका सीमित, स्रोत तथा सूचनामा असमान पहुँच,, पुरुष प्रधान राजनीतिक संस्कृति, महिलाको निर्णयलाई कम महत्व दिने प्रवृत्ति, निर्वाचित महिला प्रतिनिधिमाथि सामाजिक तथा पारिवारिक दबाब लगायतका चुनौती छन् ।

Himal dental
सम्बन्धित
Loading...