

महेन्द्रनगर । नेपाली कम्युनिष्ट पार्टी भिमदत्त नगर समितिको “पार्टी एकता समायोजन बैठक तथा शपथ ग्रहण कार्यक्रम गरिएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका नगर संयोजक आनन्द सिंह धामीको अध्यक्षतामा गरिएको कार्यक्रममा सह संयोजक मदन सिंह सेरालोले कार्यक्रम सञ्चालन गरे ।
पार्टी नगर सचिव बिर बहादुर नेपालीको स्वागत गरेको कार्यक्रममा केन्द्रीय सदस्य कञ्चनपुर जिल्ला इन्चार्ज तथा सुदूरपश्चिम सरकारका उद्योेग पर्यटन तथा वन वातावरण मन्त्री प्रकाश रावल प्रमु्ख अतिथि थिए ।


कार्यक्रममा केन्द्रीय सदस्यहरु बिर बहादुर बुढाथोकी, कञ्चनपुर सह इन्चार्ज तथा भीमदत्त नगर समिति समायोजन इन्चार्ज माया नेगी, जिल्ला सह संयोजक प्रताप तिरुवा, सह इन्चार्ज माया पन्त र देवेन्द्र ढुङ्गाना लगायतका नेता सहभागी भएका छन ।
भीमदत नगरपालिका ४ स्थित वडा कार्यालय सभा कक्षमा सम्पन्न पार्टी एकता समायोजन तथा शपथ ग्रहण कार्यक्रम पार्टीको भीमदत नगर भुगोल क्षेत्र भित्र रहेका पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य, सल्लाहकार, जेष्ठ कम्युनिष्ट मञ्च, जिल्ला सदस्य, जन वर्गीय संगठन मोर्चाका केन्द्र, प्रदेश र जिल्ला पदाधिकारी तथा सदस्य, नगर पार्टीका बर्तमान तथा पूर्व पदाधिकारी तथा सदस्य, पार्टी वडा अध्यक्ष सहभागी भएका छन् ।

पार्टी समायोजनपछि आनन्द सिंह धामीको संयोजकत्व र मदन सिंह सेरालाको सह–संयोजकत्वमा ६५ सदस्यीय नगर कमिटी चयन गरिएको छ ।
