ghar sansar

काँग्रेस नेता अवस्थी भन्छन्– गगन थापालाई प्रधानमन्त्री भएको हेर्न चाहन्छौ

khasi

महेन्द्रनगर । नेपाली काँग्रेसका नेता पदमराज अवस्थीले पार्टी सभापति गगन थापालाई आफूहरुले प्रधानमन्त्री भएको हेर्न चाहेको बताएका छन् ।

काँग्रेस पार्टी कार्यालयमा मंगलबार गरिएको कार्यक्रममा अवस्थीले थापालाई देशको आश र भरोसाको नेता भन्दै सबैले प्रधानमन्त्रीको रुपमा हेर्न चाहेको बताएका हुन् ।

‘अहिले काँग्रेसभित्र आश र भरोसाका आदरणीय नेता पार्टी सभापति गगन कुमार थापालाई म मात्रै होइन, म लगायत यो देशको युवाले यो देशको प्रधानमन्त्रीको रुपमा हेर्न चाहेको छ’ उनले भने, ‘यो हाम्रो सपना पनि हो ।’

पार्टी निर्णय अनुसार आफू क्रियाशिल सदस्यता अद्यावधिक समितिको नेतृत्व लिएको उल्लेख गर्दै उनले अद्यावधिकमा काखापाखा नगरिएको बताए ।

dirghayi clinic

पार्टी मिल्नु पर्ने चाहना सबैको भएको उल्लेख गर्दै उनले अद्यावधिक गर्न छुटेका सबैलाई आउन र त्यसका लागि आफूहरु जुनसुकै ठाउँमा पनि आउन तयार भएको बताए ।

अवस्थी कञ्चनपुर ३ मा अद्यावधिक संयोजक छन् । उनले कार्यक्रमबाट छुटेका सबैलाई सहभागी हुन आग्रह गरे ।

अवस्थीले पार्टी एकताका लागि आफूहरु सबै त्याग गर्न तयार भएको उल्लेख गरे ।

ग्रेस विशेष महाधिवेशनबाट गगन थापा सभापति भएपछि पार्टीभित्र सदस्यता अद्यावधिक गरिएका नेता कार्यकर्ता कार्यक्रममा सहभागी भएका छन् ।

नेताहरुका अनुसार पार्टी महाधिवेशन लगायतका समसामयिक राजनीतिक विषयमा छलफल गर्न अगुवा कार्यकर्ता भेला गरिएको छ ।

तीन दिन अघि काँग्रेसको देउवा समूहले पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रम गरी महाधिवेशन स्थगित र अदालतको आदेश प्रतिक्षा नगरे पार्टी विभाजन हुने चेतवानी दिएका थिए ।

Himal dental
सम्बन्धित
Loading...