ghar sansar

कञ्चनपुरका सबै ९२ वडामा काँग्रेसको वडा अधिवेशन, देउवा समूह हुने छैन सहभागी

khasi

महेन्द्रनगर । नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्र्तगत शनिबार हुने वडा अधिवेशनका लागि सबै वडामा मतदान अधिकृत पठाइएका छन् ।

काँग्रेस केन्द्रीय समितिले कैलालीका देबराज भट्टलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको थियो । भट्टले काँग्रेस पार्टी कार्यालयमा निर्वाचन अधिकृत कार्यालय राखेर सबै वडामा मतदान अधिकृत पठाएका छन् ।

dirghayi clinic

कञ्चनपुरका सात पालिकामा ९२ वडा अध्यक्ष छन् । ती सबै वडामा शनिबार एक साथ वडा अधिवेशन हुन लागेको छ ।
वडा अधिवेशनको पूर्व सन्ध्यामा सबै जिल्ला वडा भेला र बैठक गरिएका छन् ।

काँग्रेस विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको केन्द्रीय समितिले शनिबार वडा अधिवेशन गर्न लागेको हो । देउवा समूहले असोज १५ गते वडा अधिवेशन तोकेको छ ।

संस्थापन समूहको वडा अधिवेशन हुन लागेपछि देउवा समूहले पनि जिल्लाभर वडामा भेला तथा बैठक गरेको छ ।

काँग्रेस नेता पदमराज अवस्थीले जिल्लाभरका सबै वडामा अधिवेशन तयारी भएकाले सबै मतदातालाई सहभागी हुन आग्रह गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...