ghar sansar

शिक्षक हित बचत तथा ऋण सहकारीको अध्यक्षमा चन्द

khasi

महेन्द्रनगर । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा हर्क बहादुर चन्द चयन भएका छन् ।

सहकारीको १४ औं साभारण सभा तथा पाँचौ अधिवेशबाट चन्दको अध्यक्षतामा समिति चयन गरिएको छ । चन्द सहकारीको निवर्तमान समितिमा सचिव थिए ।

अध्यक्षका लागि पूर्व अध्यक्ष धु्रबराज पण्डित र चन्दले आकाँक्षा राखेका थिए । दुबै आकाँक्षीबीच सहमति भएर चन्द निर्विरोध अध्यक्ष भएका हुन् ।

उपाध्यक्षमा पृथ्वीराज जोशी, सचिव राजेन्द्र प्रसाद भट्ट र कोषाध्यक्ष पदमा ओझा चयन भएका छन् ।

समितिमा नर्मदा जोशी, दुर्गा विष्ट, बम बहादुर बुढा, चन्द्रदेब पन्त र रविन्द्र बहादुर रावल सदस्य भएका छन् ।

अधिवेशनबाट लेखा सुपरीवेक्षण समिति, ऋण उप समिति र शिक्षा समिति चयन भएका छन् ।

सहकारीका निवर्तमान उपाध्यक्ष लक्ष्मीदत्त भट्टको संयोजकत्वमा तीन सदस्यीय समिति चयन भएको छ । समितिमा दयाकृष्ण जोशी र बिमला भट्ट सदस्य छन् ।

dirghayi clinic

ऋण उप समितिमा आशो यादव र यादब बहादुर चन्द सदस्य चयन गरिएका छन । शिक्षा सतितिमा नवराज भट्ट र राम बहादुर धानुक सदस्य चयन गरिएका छन् ।

सहकारीका निवर्तमान अध्यक्ष बहादुर चन्दको अध्यक्षतामा गरिएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भवानी चन्द प्रमुख अतिथि थिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य हरि प्रसाद बराल र शिक्षक महासंघका पूर्व केन्द्रीय महासचिव हरिश प्रसाद जोशी विशिष्ठ अतिथि थिए ।

कार्यक्रममा प्रमुख अतिथि चन्द सहित विशिष्ठ अतिथि, अखिल नेपाल शिक्षक संगठनका पुष्पमणी जोशी, सहकारीका पूर्व अध्यक्ष धु्रबराज पण्डित, शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष उत्तम विष्ट, नेपाल बुद्धिजीवि परिषदका केन्द्रीय सदस्य अध्यक्ष राजेन्द्र पाण्डेय लगायतले शुभ कामना मन्तव्य राखे ।

कार्यक्रममा एसईई र एसएलसीमा उत्कृष्ठ अंक ल्याउने शेयर सदस्यका सन्तानलाई पुरस्कार सहित सम्मान गरिएको छ ।

एसईईमा सुयोग्या बुढा र कौस्तुभ जोशी तथा एसएलसीमा तुलसी उपाध्यय र विकास पन्तलाई सम्मान गरिएको छ ।

सहकारीले असल बचतमा शोभा श्रेष्ठ, पुरन सिह धामी र असल ऋणीमा पार्वती भट्ट र कर्ण बहादुर बुढालाई सम्मान गरेको छ ।

कार्यक्रममा रामचन्द्र चाड, प्रजापति नेगी, सुरेशचन्द्र भट्ट लगायत सेवा निवृत्त १४ शिक्षकलाई सम्मान गरिएको छ ।
सहकारीका निवर्तमान उपाध्यक्ष लक्ष्मीदत्त भट्टले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।

सहकारीमा ६ सय ११ शेयर सदस्य र ८ करोड कारोबार पुगेको छ । यो सहकारी ३२ जना शेयर सदस्यबाट सञ्चालन गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...