

महेन्द्रनगर । महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रालिको अध्यक्षमा नबिन भट्ट र बिष्णु कँडेलीबीच तीब्र प्रतिस्पर्धा भएको छ ।

दुई सय मत गणना हुँदा एक मतले अग्रता लिएका भट्टले २ सय ५० मा मतान्तर फेरि बढाएका छन् ।
भट्टले कँडेललाई ७ मतले पछि पारेका छन् । भट्टको १ सय २७ र कँडेलको १ सय २० मत छ ।
यस अघि १ सय ५० मतमा कँडेलले भट्टलाई एक मतले पछि पारेका थिए । त्यसपछि दुई सयमा पुग्दा भट्टले कँडेललाई एक मतले पछि पारेका थिए ।
