ghar sansar

मर्निङ्ग ग्लोरीले कबर्ड हलमा गर्दैछ अहिलेसम्मकै ठूलो धनराशीको सुदूरपश्चिम प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता, २४ टीम सहभागी हुने

khasi

महेन्द्रनगर । कबर्ड हलमा सुदूरपश्चिम प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । मर्निङ्ग ग्लोरी सेकेन्ड्री स्कुलले ग्लोरी कप टी २० क्रिकेट टुर्नामेन्ट २०८३ आयोजना गर्न लागेको हो ।

सुदूरपश्चिम प्रदेशका प्लस टु सञ्चालन भएका सबै बिद्यालयलाई प्रतियोगितामा सहभागी गराउने प्रयास गरिएको विद्यालयका प्रिन्सिपल चुडामणिा शर्माले बताए ।

प्रीन्सिपल शर्माका अनुसार प्रतियोगितामा २४ टीम सहभागी हुने भएका छन् । आयोजक मर्निङ्ग ग्लोरीको टीम पनि प्रतियोगितामा सहभागी हुने छ ।

कंचनपुर जिल्ला क्रिकेट संघलाई प्रतियोगिता सञ्चालनको जिम्मा दिइएको छ ।

मर्निङ्ग ग्लोरीले पहिलो पटक बिद्यालयको नाममा ठूलो धनराशीको क्रिकेट प्रतियोगिता गर्न लागेको हो । हालसम्म कञ्चनपुरमा आयोजना गरिएका सबै क्रिकेट प्रतियोगितामध्ये ग्लोरी कपको पुरस्कार राशी बढी छ ।

बिद्यालयका प्रिन्सिपल शर्माका अनुसार यो पुरस्कार राशी हालसम्मै ठूलो हो । बिजेताले एक लाख २१ हजार एक सय ११ रुपैँया सहित ट्रफी पाउनेछ । उप बिजेतालाई ७१ हजार एक सय ११ रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।

dirghayi clinic

विद्यार्थीलाई नियमित पठनपाठन बाहेक खेलकूद पनि अवश्यक भएको र क्रिकेट खेलको बिकास र खेलाडी उत्पादन गर्ने लक्ष्य राखेर प्रतियोगिता आयोजना गर्न लागिएको शर्मा बताउँछन् ।

‘समग्रमा सुदूरपश्चिमको क्रिकेट खेलको बिकास होस भन्ने हो, यसले नया खेलाडी उत्पादन हुने विश्वास लिएका छौ’ उनले भने ।

प्रतियोगितामा सहभागी हुन चाहने टीमले असोज २७ गतेसम्म टीम दर्ता गर्न पर्ने समय तोकिएको छ । टीम दर्ताका लागि एक हजार शुल्क राखिएको छ ।

मंसिर ७ गतेदेखि प्रतियोगिता सञ्चालन हुने जानकारी दिइएको छ ।

बिद्यालयका प्रीन्सिपल शर्माले सुदूरपश्चिमका सबै जिल्लाका १२ कक्षा सम्म पठनपाठन हुने बिद्यालयमा सहभागिताका लागि पत्र पठाइएको जानकारी दिए ।

२१ बर्ष अघि स्थापना गरिएको यो बिद्यालय १२ कक्षा सम्म सञ्चालन छ । प्लस टु मा विज्ञान र व्यवस्थापन विषय पढाई हुन्छ । हाल विज्ञानका चार र व्यवस्थापनका तीन समूहमा विद्यार्थी अध्ययनरत छन् ।

बिद्यालय जिल्लामा हुने सबै क्रीकेट प्रतियोगितामा भाग लिदै आएको छ ।

केही महिना अघि भीमदत्त १० तिल्केनीमा भएको भीमदत्त नगर स्तरीय टी २० क्रीकेट प्रतियोगिताको उपाधि मर्निङ्ग ग्लोरीले जितेको थियो ।

Himal dental
सम्बन्धित
Loading...