

महेन्द्रनगर । काँग्रेस कञ्चनपुर क्षेत्र नं. ३ को क्षेत्रीय सभापतिका लागि तीन नेताले उम्मेदवारी दिएका छन् ।
कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा १५ औं महाधिवेशन अन्र्तगत प्रतिनिधि सभा र प्रदेश सभाका दुबै क्षेत्रको निर्वाचन सुरु भएको हो ।
प्रतिनिधि सभा क्षेत्रका लागि पदमराज अवस्थी, गणेश नेगी र कमलराज चटौतले उम्मेदवारी दिएका हुन् ।
उनीहरुमध्ये अवस्थी काँग्रेस कञ्चनपुर ३ को क्रियाशिल सदस्यता अद्यावधिक संयोजक हुन् । नेगी १४ औं महाधिवेशनमा क्षेत्रीय सभापतिमा पराजित भएका थिए ।
नेगी अहिले फेरि क्षेत्रीय सभापतिका लागि उम्मेदवार भएका छन् ।

काँग्रेस १४ औ महाधिवेशनमा अवस्थी कञ्चनपुर ३ क को प्रदेश सभापति निर्वाचित भएका थिए ।
काँग्रेसले विशेष महाधिवेशनपछि अवस्थीलाई क्षेत्रीय संयोजक बनाएर सदस्यता अद्यावधिक संयोजक बनाएको थियो ।
चटौत क्षेत्रीय प्रतिनिधि भएपछि क्षेत्रीय सभापति लड्ने घोषणा गरेका थिए ।
अधिवेशनबाट क्षेत्रीय सभापति, उप सभापति, सचिव र सदस्य सहितको कार्य समिति चयन गरिनेछ ।
क्षेत्रीय कोषाध्यक्ष भने निर्वाचित समितिले मनोनित गर्ने काँग्रेस विधानको प्रावधान छ ।
कञ्चनपुर ३ मा भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका र बेदकोट नगरपालिकाको ८ नम्बर वडा गरी ३० वडा छन् ।
क्षेत्रीय अधिवेशनका लागि सात सय तीन सय मतदाताले मतदान गर्न पाउने छन् ।
क्षेत्रीय अधिवेशनमा क्षेत्रीय प्रतिनिधि र वडा सभापति मतदाता छन् । अधिवेशनबाट ३४ महाधिवेशन प्रतिनिधि र १२ महासमिति प्रतिनिधि चयन हुने निर्वाचन समितिले जानकारी दिएको छ ।
