ghar sansar

सुरेन्द्र विष्टले उम्मेदवारी फिर्ता लिएपछि काँग्रेस संस्थापन इतरको भीमदत्त नगर नेतृत्वका लागि दिपेन्द्र विष्ट र राहुल भट्ट भिड्दै

khasi

महेन्द्रनगर । काँग्रेस संस्थापन इतरको भीमदत्त नगर सभापतिका उम्मेदवार सुरेन्द्र विष्टले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन समितिका अनुसार विष्टले बुधबार दिउँसो उम्मेदवारी फिर्ता लिएका हुन ।

भीमदत्त नगर सभापतिमा विष्ट सहित दिपेन्द्र विष्ट र राहुल भट्टले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन समितिले दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको थियो ।

उम्मेदवारी फिर्ता समय घर्किएपछि समितिले निर्वाचन कार्यक्रम तयारी गरेको छ । नगर सभापति, उप सभापति र सचिवमा निर्वाचन हुने बताइएको छ ।

नगर सभापतिमा विष्ट र भट्ट दुबै चुनाव लडु्ने भएका छन् । उनीहरुमध्ये विष्ट १४ औं महाधिवेशनबाट नगर उप सभापति र भट्ट सचिव भएका थिए ।

१४ औं महाधिवेशनमा उनीहरु दुबै जना रमेश लेखक समूहबाट चुनाव लडेका थिए । त्यति बेला लेखक र अर्का नेता एनपी साउँदका दुई समूहबीच प्रतिस्पर्धा भएको थियो । अहिले लेखक र साउँद दुबै संस्थापन इतरमा छन् ।

भीमदत्त नगर उप सभापतिमा मन्जु कार्की फर्सवान सहित तीन जना उम्मेदवार छन् । उप सभापतिमा दुई जना निर्वाचित हुने भएका छन् । उनीहरुमा कार्की सहित केशव जोरा र राज बहादुर विष्ट नगर उप सभापतिका उम्मेदवार छन् । कार्की भीनपा १० का वडा सदस्य हुन् ।

dirghayi clinic

सबैभन्दा बढी उम्मेदवार भएको नगर सचिवमा विनोद दमाईले उम्मेदवारी फिर्ता लिएका छन् । दमाई भीनपा १० वडा सचिव हुन् । सचिजमा चार जना उम्मेदवार छन् ।

काँग्रेस २४ औं महाधिवेशनबाट भीनपा ८ को वडा सभापति भएका मदन मिश्र नगर सचिवका उम्मेदवार भएका छन् ।
मिश्रा २०७९ को निर्वाचनमा भीनपा ८ को वडा अध्यक्ष निर्वाचित भएका थिए ।

भीमदत्तमा सबैभन्दा कम उमेर वडा अध्यक्ष हुने रेकर्ड मिश्रले बनाएका थिए । उनी २८ वर्षमा वडा अध्यक्ष भएका थिए ।
नगर सचिवमा मिन राज भट्ट, चुडामणी अवस्थी, बिनोद दमाई र देबकी जोशी उम्मेदवार भएका छन् । उनीहरुमध्ये जोशी भीनपा ६ का वडा सदस्य हुन् ।

२०७९ को स्थानीय तह निर्वाचनबाट वडा सदस्य निर्वाचित उनी तत्कालिन वडा अध्यक्ष महेन्द्र खड्काको निधन भएपछि झण्डै एक वर्ष कार्य वाहक अध्यक्ष भएकी थिइन् ।

भीनपा २ उल्टाखामका अवस्थी दुई दशक अघि सिद्धनाथ विज्ञान क्याम्पसबाट नेपाल विद्यार्थी संघमा आवद्ध भएर काँग्रेस राजनीतिमा छन् ।

नगर सह सचिवमा तारा सिंह ऐरी र मन्जु देबी धामी उम्मेदवार भएका छन् । सह सचिवमा उनीहरु निर्विरोध भएका छन् ।
भीमदत्तमा काँग्रेसका ६ सय ७७ मतदाता छन् ।

भीमदत्त नगर निर्वाचन समितिका समन्वयकर्ता उमेश जोशीले बुधबार बिहानदेखि निर्वाचन कार्यक्रम सुरु हुने बताए ।
काँग्रेस नेता एनपी साउँदले अधिवेशन उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा नेताहरुले पार्टी अप्ठेरो अवस्थामा भएकाले सहमतिका आधारमा नगर समिति चयन हुने बताएका छन् ।

काँग्रेस कञ्चनपुर ३ का क्षेत्रीय सभापति केशब चन्दले सहमतिका लागि अधिकत प्रयास गरिएको र लोकतान्त्रिक प्रक्रिया अनुसार नगर समिति चयन हुने जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...