

महेन्द्रनगर । महेन्द्रनगर बजार मेन रोडस्थित ज्ञान भण्डारका सञ्चालक गौरब बोहरा कोरोना महामारीको दोस्रो लहरमा काठमाण्डौमा बीबीए पढ्दै थिए । इन्टरनेशनल पब्लिक स्कुलबाट एसएलसी गरी कक्षा ११ देखि उनले काठमाडौमा पढन थालेका थिए ।
बीबीए पूरा गरी उनी बिदेश गएर एमबीए अध्ययन गर चाहन्थे । घर फर्किएर आफैले ज्ञान भण्डार सम्हाल्ने दिन आउने उनले सोचेका थिएन ।
गौरबका बुवा बासुदेब बोहराले ज्ञान भण्डार सञ्चालन गर्दै आएका थिए । बुवाले पसललाई परिचित पसल बनाई सकेका थिए । बासुदेबले पनि गौरबलाई पसल सम्हाल्ने कुरा कहिल्यै गरेका थिइन् ।
गौरबका लागि एक दिन त्यही नसोचेको कुरा नगरी नहुने अवस्था आयो । काठमाडौबाट पढाई छाडेर घर फर्किएर ज्ञान भण्डार सम्हल्नु पर्ने भयो । घरको जेठो छोरा भएकाले उनको काधमा जिम्मेवारीको भारी बस्न पुग्यो ।
कान्छा सौरभ साना थिए । बिचमै बीबीए छाडेर घर फर्केर उनी उ दिदीको सहयोग लिएर पसल संचालन गर्न थाले । बुवाको बिडो सम्हाल्दै अघि बढे ।
कोरोना महामारीको दोस्रो लहरमा २०७८ बैशाख २८ गते उनका बुवा बासुदेब बोहराको निधन भएको थियो । बासुदेबले ५३ बर्षमा संसार छाडेका थिए ।
पितृ बियोगको पीडालाई मनमा बोक्दै गौरबले बुवाको बिडोलाई सम्हल्न थालेका हुन । पछि भाई सौरभले पनि साथ दिए । अहिले दुई दाई भाई पसल सञ्चालन गर्छन् ।
गौरबले पसल सम्हाल्न थालेको १५ बर्ष पुग्न थालेको छ । दुई दाईले पुस्तक व्यवसायसंगै खेल सामाग्रीको कारोबार पनि थपेका छन् । महेन्द्रनगर बाहिर पनि कारोबार बिस्तार गरेका छन् ।
स्पोट्र्स कारोबार धनगढीमा सञ्चालन गरेका छन् ।
बिदेश जाने सोच थियो, अचानक त्यस्तो भएपछि पढाई बिचमै छाडेर आए उनले भने, त्यसपछि पसल चलाउन लागे ।
अहिले गौरब एक सन्तानका बुवा भइ सकेका छन् । उनका भाई सौरभ भने अविवाहित छन् । आमा गृहिणी हुन । बोहरा परिवार भीमदत्त २ का हुन् ।
कोरोना महामारीले बासुदेबको मृत्यु भएपछि सामाजिक सञ्जालमा राम्रो मान्छे भगवानलाई प्यारो लाग्ने रहेछ भन्दै उनलाई श्रद्वाञ्जली दिइएको थियो ।
स्वर्गीय बोहरा मिजासिला, मिलनसार र सरल थिए । सबैसित शान्त भएर बोल्ने उनी प्रतिष्ठित व्यवसायीका रुपमा परिचित थिए ।
प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेव प्रसाद भट्ट स्वर्गीय बासुदेब सबैका प्रिय भएको सम्झन्छन् ।
‘वहाँको व्यक्तित्व सरल, मिजासिला, हँसिलो, आँखामा हालेर पनि नगड्ने खालको थियो, सबैका प्रिय थिए’ उनले भने, ‘हामी सबैले एक जना असल मान्छे गुमाएका थियौ, त्यो घर परिवार समाज सबैका लागि ठूलो क्षति थियो ।’

बोहरा परिवार पुख्र्यौली व्यापार गर्दै आएका हुन । चार दाई भाई स्वर्गीय बासुदेब कान्छा थिए । चार दाई भाइको महेन्द्रनगरमा करोबार छ । साइला दुर्गा बाहेक सबैको पुस्तक तथा स्टेसनरीको कारोबार छ ।
दुर्गा बोहराको राजनीति र बिद्यालय पोशाकको कारोबार छ । बोहरा जिल्ला समन्वय समिति प्रमुख छन् ।
क्याम्पस रोडको सरस्वती पुस्तक भण्डार, १ नम्बर गल्लीको दुर्गा पुस्तक भण्डार र मेन रोडको ज्ञान भण्डार सहोदर दाई भाइका हुन् ।
गौरबले पछिल्लो तीन बर्षदेखि स्वर्गीय बुवा बासुदेबको स्मृतिमा बासुदेव स्मृति फुटबल प्रतियो प्रतियोगिता आयोजना गर्दै आएका छन् । यस पटक खुला मञ्चमा स्वर्गीय बासुदेब स्मृति फूटबल प्रतियोगिता सञ्चालन गरिएको छ ।
स्वर्गीय बोहरा फूटबल खेल्ने र हेरेर रमाउने गर्थे । फूटबलमा बुवाको लगाव भएकाले उनको स्मृतिमा प्रतियोगिता गर्न थालिएको हो ।
‘बुवा बाजे हाम्रो परिवार व्यापारमा छ, बुवा पनि व्यापारमा लाग्नु भयो, बुवा चाहिँ फूटबल खेल्न हुन्थ्यो, फूटबलमा रमाउने गर्न हुन्थ्यो, त्यही भएर उहाको स्मृतिमा हरेक वर्ष प्रतियोगिता गर्दैछौ’ उनले भने ।
गौरब आफै पनि हक्की संघको अध्यक्ष छन् । उनी पुस्तक तथा स्टेसनरी व्यवसायी संघ सुदूरपश्चिमको द्वितीय उपाध्यक्ष भएर पुस्तक व्यवसायीका हकहितका लागि सक्रिय छन् ।
भीमदत्त ४ गोबरैयास्थित फुटसलबाट प्रतियोगिता सुरु गरिएको थियो । फुटसलभित्र सात जना खेलाडीले खेल्ने भएकाले यसलाई सेवन ए साईड खेल भन्ने गरिन्छ ।
पहिलो र दोस्रो प्रतियोगिता फुटसलमा गरिएको थियो । अहिले तेस्रो संस्करण खुला मञ्च सुरु भएको छ । अहिले ३२ टीम सहभागी छ्न । गत बर्श पनि ३२ टीम सहभागी थिए । पहिलो बर्ष २४ टीम सहभागी भएका थिए ।
फुटसल अवधारणाका आधारमा प्रतियोगिता सञ्चालन गरिएको गौरबले बताए ।
‘फुटसल कन्सेपक्टमा यो प्रतियोगिता आयोजना गर्न थालिएको हो, अहिले खुला मञ्चमा हुदैछ‘ उनले भने, ‘हरेक वर्ष प्रतियोगिता गर्छौ ।’
गौरबका बाजे स्वर्गीय राम सिंह बोहराले महेन्द्रनगरको एक नम्बर गल्लीमा दुर्गा भण्डार खोलेका हुन । पछि छोराहरूले कारोबार विस्तार गरेका हुन ।
दुर्गा पुस्तक भण्डारबाट बोहरा परिवार पुस्तक व्यवसायमा आएका हुन । त्यसपछि अन्य पुस्तक पसन सञ्चालन गरिएका थिए ।
ज्ञान जीवनको उज्यालो भन्ने मान्यतालाई आत्मसात गरे ज्ञान भण्डार संचालन गरिएको संचालक गौरब बोहराले बताए ।
ज्ञान भण्डारमा पुस्तक, खेलकुद र स्टेशनरीका समान कारोबार हुने गरेका छन् । खुला मञ्चमा ज्ञान भण्डारले फुटबल संघको सहकार्यमा प्रतियोगिता सञ्चालन गरेको छ ।
प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ नगद पुरस्कार सहित ट्रफी, प्रमाणपत्र र मेडल पाउने भएका छन् । उप विजेतााई ३३ हजार ३ सय ३३ नगद पुरस्कार सहित ट्रफी, प्रमाणपत्र र मेडल दिइने जानकारी दिइएको छ ।
