ghar sansar

कोहलपुर घट्नामा औषधि व्यवसायी संघ सुदूरपश्चिम समितिले भन्यो – छानबिन नभएसम्म निष्कर्षमा पुग्न ठिक हुदैन

khasi

महेन्द्रनगर । नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेश समितिले बाँकेको कोहलपुरस्थित थापा पोलिक्लिनमा उपचारका क्रममा भएको घट्ना सम्बन्धि सत्यतथ्य छानबिन नभएसम्म निष्कर्षमा पुग्न नहुने भन्दै सबैलाई आग्रह गरेको छ ।

dirghayi clinic

औषधि व्यवसायी संघका सदस्य फर्मका सञ्चालकलाई पोलिक्लिकनमा आएका विरामीमाथि यौन दुव्र्यवहार गरिएको आरोपमा पक्राउ परेपछि संघको प्रदेश समितिले बुधबार विज्ञप्ति प्रकाशित गरी सत्यतथ्य बाहिर नआएसम्म सामाजिक सञ्जालमा आएका जानकारीका आधारमा दुष्प्रचार गर्न ठिक नभएको जनाएको छ ।

प्रदेश समितिका अध्यक्ष गजेन्द्र देब लेखकले प्रेषित विज्ञप्तिमा घट्नाको सत्य तथ्य र निष्पक्ष छानबिन गरी दोषी देखिएका सबै पक्षमाथि कानुनी कारवाही हुनु पर्ने माग गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...