ghar sansar

एसपीलमा फाइनल पुगेका दुबै टीम विजेता घोषणा, मर्निङ्ग ग्लोरी र अनिरूद्र जीडी ग्रुप स्पोर्टस धनगढी भए विजेता, शुक्रबार पुरस्कार वितरण गरिने

khasi

महेन्द्रनगर । एस.पी.ए. लिटल फ्लावर प्राइड लिग–१० सिनियर टी–२० क्रिकेट प्रतियोगितामा फाइनल पुगेका दुबै टीमलाई विजेता घोषणा गरिएको छ ।

बुधबार अनिरूद्र जीडी ग्रुप स्पोर्टस धनगढी र मर्निङ्ग ग्लोरी माध्यमिक विद्यालय महेन्द्रनगरबीच फाइनल खेल राखिएको थियो ।

बर्षाका कारण फाईनल खेलाउन सकिने अवस्था नभएपछि रिजर्भ डे पनि नराखिएकाले दुबवै टोलीलाई संयुक्त विजेता घोषणा गरिएको हो ।

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न १० ओैं संस्करणको एलपीएल प्रतियोगिताको विजेतालाई नगद २ लाख, ट्रफी, मेडल तथा प्रमाणपत्र दिइनेछ ।

dirghayi clinic

देशभरिका १५ टिम सहभागी प्रतियोगितामा विद्यालयले फाइनल पुगेर विजेता घोषित हुन गौरबको विषय भएको मर्निङ्ग ग्लोरीका प्रिन्सिपल चुडामणी शर्माले बताए ।

‘विजेता टिम मर्निङ्ग ग्लोरीका प्रिन्सिपल चुडामणी शर्माका अनुसार खेलाडीहरूको कडा मेहेनत, प्रशिक्षकको मेहेनत एवं विद्यालयको उत्कृष्ट व्यवस्थापनका कारण यो उपलब्धि हासिल गरिएको ’ उनले भने, ‘यसका लागि सबै खेलाडी, विद्यार्थी, सहयोगीमा धन्यवाद दिन चाहन्छौ ।’

प्रतियोगितामा कञ्चनपुरका ३, भक्तपुर १, ललितपुर १ र कैलालीका १० टिम सहभागी भएका छन् । प्रतियोगिताका आयोजक लिटल फ्लावर प्राइड लिगका संयोजक रामचन्द्र शाहीले वर्षाका कारण खेलाउन सकिने अवस्था नभएको बताए ।

असोज १५ गते देखि सुरू भएको प्रतियोगिताको समापन असोज २३ गते समापन गरिने उनले बताए ।क्रिकेटमा लगानी गरिरहेको विद्यालयले गत जेष्ठ महिनामा भएको भीमदत्त नगरपालिका स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा समेत बिजेता भएको थियो ।

विद्यालय आफैंले आगामी मंसिर ७ गतेदेखि सर्वाधिक पुरस्कार राशिको टी –२० क्रिकेट आयोजना गर्ने तयारी अघि बढाएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...