

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालयले बरामद गरेको १३ लाख बढी मूल्य बराबरको भन्सार छलीको समान भन्सार कार्यालय बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय गुलरियाको टोलीले मंगलबार समान बरामद गरेको थियो ।

से १ च ३१९ नम्बरको पिक अफ भ्यानमा ल्याउँदै गर्दा कपडा महिला र पुरुषका जुत्ता बरामद गरिएको थियो ।
प्रहरी ती जुत्ताको मूल्य १३ लाख तीन हजार ६ सय भएको जानकारी दिएको छ ।
जीप सहित बरामद समान भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी टेक बहादुर रावतले जानकारी दिए ।
यसैगरी वडा प्रहरी कार्यालय महेन्द्रनगरले बरामद गरेको ८० हजार मूल्य बराबरको आयुर्वेदिक औषधि पनि भन्सार पठाइको जानकारी दिइएको छ ।
