ghar sansar

अखिल क्रान्तिकारी कञ्चनपुरका पूर्व अध्यक्ष विष्टलाई संगठनको निर्वाचन आयोग उप सचिव जिम्मेवारी

khasi

महेन्द्रनगर । अखिल क्रान्तिकारी कञ्चनपुरका पूर्व अध्यक्ष भुवन सिह विष्ट संगठनको निर्वाचन आयोगको उप सचिव भएका छन् ।

क्रान्तिकारीको असोज पहिलो साता बसेको बैठकले विष्टलाई निर्वाचन आयोगको उप सचिव जिम्मेवारी दिएको हो ।

विष्ट विद्यार्थीबाट क्रान्तिकारी संगठनको राजनीतिमा लागेका हुन् । क्याम्पस इकार्इं कमिटी अध्यक्ष हुँदै उनी कञ्चनपुर जिल्ला अध्यक्ष भएका थिए ।

dirghayi clinic

क्रान्तिकारीले निर्वाचन सहित अन्य आयोगमा पनि पदाधिकारी र सदस्य मनोनित गरेको छ ।

निर्वाचन आयोग सहित अन्य आयोगका पदाधिकारीको हैसियत संगठनको केन्द्रीय कमिटीका पदाधिकारी सरह हुने गरेको छ ।

गत माघमा भएको क्रान्तिकारीको राष्ट्रिय महाधिवेशनमा विष्ट केन्द्रीय उप महासचिवका लागि चुनाव लडेका थिए ।
२२ औं महाधिवेशनमा केन्द्रीय उप महासचिव लड्दा उनी केन्द्रीय सदस्य थिए ।

विष्ट सिद्धनाथ माध्यमिक विद्यालय जिमुवामा पढ्दा विद्यार्थी राजनीतिमा आएका हुन् ।

निर्वाचन आयोगको उप सचिव भएपछि विष्टले संगठनलाई बलियो र शैक्षिक क्षेत्रका गलत विरुद्ध सुधारका लागि सक्रिय भएर लाग्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...