ghar sansar

शुक्रबार बिहानै क्षतिग्रस्त झोलुङ्गे पुल हेर्न जाँदै छन् पूर्व गृहमन्त्री लेखक

khasi

महेन्द्रनगर । गृह नगर पुगेका पूर्व गृहमन्त्री रमेश लेखक शुक्रबार बिहान क्षतिग्रस्त झोलुङ्गे पुल हेर्न जाने भएका छन् ।

लेखक बिहीबार विहान महेन्द्रनगर आएका हुन् । काँग्रेस संस्थापन इतरको निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय अधिवेशन उद्घाटनका लागि गृह नगर पुगेका छन् ।

बिहान झोलुङ्गे पुगेर फर्केपछि पार्टी कार्यालयमा लेखकले क्षेत्रीय अधिवेशन उद्घाटन गर्ने क्षेत्रीय सभापति केशब चन्दले बताए ।

dirghayi clinic

२०६६ मा कञ्चनपुर ३ बाट पहिलो पटक साँसद भएपछि लेखकले दोधारा चाँदनीलाई सदरमुकाम महेन्द्रनगरस्थित जोड्न महाकाली नदीमा झोलुङ्गे पुल बनाएका थिए । २०५९ मा सुरु भएर तीन वर्षमा पुल निर्माण कार्य सकिएको थियो ।

भदौ दोसा्रे साता पुल चुँडिएपछि लेखकले सामाजिक सञ्जालमा लामो स्टयाटस लेख्दै दुःख व्यक्त गरेका थिए ।

उनले सामाजिक सञ्जालमा भनेका थिए, ‘उनले भनेका छन्, ‘महाकाली नदीको झोलुगें पुल टुटेको घटनाले मलाई अत्यन्त दुःख लागेको छ । देशको अन्य भूभागसंग यातायात सम्पर्क नभएको जनजीवन ज्यादै कठिन भएको दोधारा चादनीलाई तत्कालिन अवस्थामा प्रत्यक्ष देशको भूभागसंग जोडेको यो पुल दोधारा चादनी वा कञ्चनपुर मात्र होईन देशकै ऐतिहासिक हो । म अहिले यससंग सम्बन्धित केहि घटना स्मरण गरिरहेको छु ः कंचनपुरबाट २०५६ सालमा पहिलो पटक निर्वाचित भएपछि तत्कालीन प्रतिनिधि सभामा मैले पहिलो पटक महाकाली नदिमा झोलुगें पुल बनाई दोधारा चादनी जोड्नु पर्छ भन्दा कतिपय साथीहरू यो असम्भव कुरा हो भनि ठठ्ठा गरि हासेका थिए । र मलाई भेट्दा महाकाली नदिमा झोलगें पुल कहिले बन्छ भनि हाँसो गर्थे । तर सोहि अवधीमा कार्य प्रारम्भ भई नेपाल सरकारको बजेट, नेपालकै प्राविधिक र नेपालकै निर्माणकर्ताबाट ऐतिहासिक लामो पुल बनेको हो । यो पुलको निर्माण पछि देशको अन्य ठाँऊमापनि लामो झो. पु. बनाऊने प्रबिधी शुरू भयो। तसर्थ यो पुल नेपालको झो. पु. को बिकासक्रममा सिगों ईतिहासपनि हो । यस्को संरक्षण आवश्यक छ । म नेपाल सरकार र सरकारका सम्बन्धित सबै निकायलाई यथाशक्य चाँडो पुलको पुनर्निर्माण, मरमत र सम्भार गर्न अनुरोध गर्दछु ।’

यस अघि भदौ तेस्रो साता काँग्रेस कार्यकर्ता भेलालाई दोधारा चाँदनीमा सम्बोधन गर्दा पनि उनले झोलुङ्गे पुलबारे आफ्नो धारणा राखेका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...