ghar sansar

काँग्रेसमा सुदूरपश्चिमबाट केन्द्रीय सदस्यमा कञ्चनपुरका थापा र विष्ट अगाडि, विशेष महाधिवेशन सहभागी नेता धेरै पछाडि

khasi

महेन्द्रनगर । काग्रेस केन्द्रीय सदस्यमा कञ्चनपुरका बहादुर सिह थापा र दिवान विष्टले अग्रता लिएका छन् ।

सुदूरपश्चिम भूगोलमा १३ उम्मेदवारमध्ये अहिलेसम्म दोस्रो र थापा तेस्रो स्थानमा छन् । उनीहरु दुबै जना सुदूरपश्चिम प्रदेश सभा सदस्य हुन् ।

हालसम्म जारी मत गणनामा डडेल्धुराका जनक चटौत सबैभन्दा बढी मत ल्याएर पहिलो स्थानमा छन् । उनले एक हजार ५ सय ५५ मत ल्याएका छन् ।

dirghayi clinic

त्यसपछि कञ्चनपुरका विष्ट दोस्रो र थापा तेस्रो स्थानमा छन् । विष्टले १ हजार १ सय ४ र थापाले १ हजार ६१ मत ल्याएका छन् ।

थापालाई अछामका बिजय स्वाँरले पछ्याई रहेका छन् । स्वाँरले १ हजार ३८ मत ल्याएका छन् ।

हालसम्म कञ्चनपुरका अन्य उम्मेदवार पुस्कर राज ओझा ९ सय ५३, दिपक बहादु सिंह ७ सय ५६, लेखराज जोशी ७ सय ४ हरि प्रसाद बोहराले ६ सय ६९ मत ल्याएका छन् ।

केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत आएका थापा र विष्ट दुबै नेता विशेष महाधिवेशनपछि संस्थापन पुगेका हुन् ।

विशेष महाधिवेशनमा सहभागी बोहरा र जोशी मत गणनामा सुरुदेखि पछाडि छन् ।

Himal dental
सम्बन्धित
Loading...