ghar sansar

बराबर मत ल्याएर बहादुर थापा र दिवान विष्ट काँग्रेस केन्द्रीय सदस्य निर्वाचित

khasi

महेन्द्रनगर । काँग्रेसको १५ औं महाधिवेशनमा सुदूरपश्चिम भूगोलबाट कञ्चनपुरका दिवान सिंह विष्ट र बहादुर सिंह थापा केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

सुदूरपश्चिम भूगोलबाट ३ केन्द्रीय सदस्यका लागि १३ जना चुनाव लडेका थिए । उनीहरुमध्ये विष्ट र थापा समान मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

डडेल्धुराका जनकराज चटौतले सबैभन्दा बढी मत ल्याएर पहिलो स्थानमा केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

विष्ट र थापा दुबै सुदूरपश्चिम प्रदेश सभा सदस्य हुन् । निर्वाचन समितिका अनुसार दुबैले समान १ हजार ७ सय ९९ मत ल्याएका हुन् ।

dirghayi clinic

सबैभन्दा बढी मत ल्याएर निर्वाचित चटौतले २ हजार ५सय ८ मत ल्याएका छन् ।

थापा र विष्ट दुबै काँग्रेस विशेष महाधिवेशनमा सहभागी नभएर पछि संस्थापन पुगेका हुन् । त्यस अघि उनीहरुमध्ये थापा शेर बहादुर देउवा र विष्ट शेखर कोइराला समूहमा थिए ।

यसैगरी सुदूरपश्चिमबाट अन्य क्लस्टरमा अम्बिका चलाउने ३ हजार ७ सय ५५, भुपेश्वर ऐर(भुपी) १ हजार ४सय ७१ र भुवनराज भट्ट ३ हजार ५सय २९मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

महिला खुलामा चलाउने, ३५ बर्ष मुनिका युवा महिला भुपेश्वरी ऐर(भुपी) र ३५ बर्षमुनि युवा ईन्जिनियर भट्ट निर्वाचित भएका हुन् ।

काँग्रेस कञ्चनपुरका पूर्व सभापति हरि प्रसाद बोहरा १ हजार १ सय ९२, पुष्करराज ओझा १ हजार ५ सय ८५, दिपक बहादुर सिह एक हजार ३ सय ११ मत ल्याएका छन् ।

Himal dental
सम्बन्धित
Loading...