
सामाजिक अभियन्ता धामीले दैजीका अशक्त र अनाथ कालु डगौराका लागि सञ्चालन गरेको सहयोग अभियानमा आउन थाल्यो सहयोग

महेन्द्रनगर । सामाजिक अभियन्ता धिरेन्द्र सिंह धामीले बेदकोट नगरपालिका ३ दैजीका अपाङ्गता भएका कालु डगौराका लागि सञ्चालन गरेको सहयोग अभियानमा विभिन्न क्षेत्रका व्यक्तिले सहयोग गरेका छन् ।
आमा बुवा गुमाएपछि आफन्तको घरमा सहारा लिएका डगौराको सहयोगका लागि धामीले केही दिन अघि सामाजिक सञ्जालबाट सहयोग अभियान सञ्चालन गरेका थिए ।
सामाजिक अभियन्ता धामी दैजीका स्थानीय हुन् । बुबाको मृृत्युपछि आमाले हेरचाह गर्दै आएका डगौराले डेढ वर्ष अघि आमा पनि गुमाएका थिए । त्यसपछि आफन्तको घरमा उनी बस्दै आएका छन् । दुई वर्ष अघि उनलाई बुवाले छाडेर गएका थिए ।
डगौराका आफन्तको आर्थिक अवस्था कमजोर भएपछि धामीले उनको सहयोगका लागि अभियान सञ्चालन गरेका हुन् । अभियान सञ्चालन गरेपछि सहयोग आउन थालेको उनले बताए ।

बेदकोट नगरपालिका १० का हरिश भाटले सबैभन्दा पहिले सहयोग गरेका थिए । डगौरा बुवाको सवारी दुर्घटनामा परी बोल्न नसक्ने अवस्था भएका थिए ।
‘आमा बुवा गुमाएपछि ठूला बुवाको घरमा बसेका छन्, ठूला बुवाको अवस्था पनि समान्य छ’ उनले भने ।
सहयोग अभियानमा हालसम्म भाट सहितले १३ हजार बढी सहयोग गरेका छन् । धामीका अनुसार हरिश भाट २ हजार १ सय, प्रमानन्द भट्ट १ हजार १ सय, भोगानन्द डगौरा १ हजार ५ सय ५, श्रीकोटी बन्धु जुत्ता उद्योग ५सय, हरि प्रसाद सुवेदी ५ सय, भुवन सिंह धामी १ हजार सहयोग गरेका छन् ।
यसैगरी धिरज ओड ५ सय, भिम भुल १ हजार ५ सय, धनिराम डगौरा १ हजार, पुस्कर भट्ट २ हजार र महेश महेश कुवर १ हजार ५ सय सहयोग गरेका छन् ।
धामीले सहयागी सबैलाई धन्यवाद दिएका छन् । ‘अपाङ्गता तथा अनाथ कालु डगौरा भाइको लागि आर्थिक सहयोग संकलन भइ रहेको छ, मनकारी सहयोग गर्नु हुने सबैलाइ नमन गर्न चाहन्छु’ उनले भने ।
