

महेन्द्रनगर । काँग्रेस कञ्चनपुरका सचिव भीम भट्टले कमजोर आर्थिक अवस्था भएका परिवारका बालबालिकालाई सहयोग गरेका छन् । दशैं तिहारको अवसर पारी उनीहरुलाई विद्यालय पोशाक सहयोग गरेका छन् ।
सोमबार विहान भट्टले भीमदत्त नगरपालिका १२ मा बाल बालिकालाई पोशाक वितरण गरेका छन् । उनीहरु सबै आदिवासी जनजाति र दलित समुदायका बालबालिका छन् ।
घरायशी कमजोर आर्थिक अवस्थाका कारण पोशाक नभएर विद्यालय जान नसकिने अवस्था पनि आउन सक्ने भएकाले सहयोग गरिएको भट्टले बताए ।

भट्ट विद्यार्थी राजनीतिबाट आएका नेता हुन् । ‘आर्थिक अवस्था राम्रो भएन भने बालबालिका विद्यालय जान सक्दैन, त्यसमा पनि पोशाक नहुँदा पनि समस्या हुन्छ’ उनले भने ।
बालबालिकालाई अध्ययनमा सहयोग होस भनेर सानो सहयोग गरेको उनले बताए ।
भीमदत्त १२ का वडा सदस्य नर बहादुर साउँद सहित स्थानीय भट्टको विद्यालय पोशाक वितरण कार्यक्रममा सहभागी भएका छन् ।

विद्यालय पोशाक पाउनेमा भीमदत्त १२ का ५ बालबालिका छन् ।

उनीहरुमा साहिल सुनाहा, अनुज सुनाहा, पिन्टु सुनार, प्रियाँसु लुहार र अजित खुना छन् ।
भट्टले यस अघि पनि विभिन्न विद्यालय पुगेर विद्यार्थीलाई सहयोग गरेका छन् ।
दोधारा चाँदनी र भीमदत्त नगरपालिकाका विभिन्न विद्यालयमा पोशाक सहयोग गरिएको छ ।
भीमदत्त नगरपालिका १९ बागफाँटास्थित लक्ष्मी मावि, सरस्वती मावि उल्टाखाम लगायतका विद्यालयमा सहयोग गरिएको छ ।

भट्ट काँग्रेस १४ औं महाधिवेशनबाट जिल्ला सचिव निर्वाचित भएका थिए । उनी भीनपा २ का वासिन्दा हुन् ।

