ghar sansar

बैतडीको निङ्गलाशैनी भगवतीमा जात्रामा छ सय पशुको बलि

khasi

महेन्द्रनगर । हजारौँ श्रद्धालुको भीड, परम्परागत पूजाआराधना र बलि सहित बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमीको जात्रा सकिएको छ ।

दशरथचन्द नगरपालिका–२, देहीमाण्डौँस्थित मन्दिरमा महाष्टमीका दिन ३४६ राँगा र २५० भन्दा बढी बोकाको बलि दिइएको छ ।

dirghayi clinic

घटस्थापनादेखि नित्य पूजाआराधना हुँदै आएको मन्दिरमा महासप्तमीदेखि जात्रा सुरु भएको थियो । महाष्टमीका दिन बलि दिएसँगै जात्रा सम्पन्न भएको हो ।

निङ्गलाशैनी भगवती मन्दिरमा महासप्तमीका दिन बलिका लागि राँगा बाँध्ने र महाष्टमीका दिन बलि दिने परम्परा छ ।

दरशथ चन्द नगरपालिका २ का वडा अध्यक्ष सूर्य बहादुर बोहराले जात्रा शान्तिपूर्ण रुपमा सकिएको बताए । विगत भन्दा यरस वर्ष दर्शनार्थीको अत्यधिक भीड भएको अध्यक्ष बोहराको भनाई छ ।

Himal dental
सम्बन्धित
Loading...