ghar sansar

भीमदत्तको १३ नम्बर वडामा हात्तीले पुगायो बालीनाली सहित सर समानमा क्षति

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ पिपरियामा हात्तीको बथानले बालीनाली सहित समानमा क्षति गरेको छ । पिपरिया र बडैपुरका ४ टोलका दर्जनौं स्थानमा हात्तीको बथानले क्षति गरेको छ ।

आइतबार राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बैजनाथ टोल हुँदै आएको हात्तीको बथान बस्तीमा पसेको थियो ।

रातभर गाउँमा बालीनाली नोक्सान गरी बिहान ५ बजे सिद्धनाथ टोलबाट निकुञ्ज छिरेको स्थानीय महेश भट्टले बताए ।

dirghayi clinic

सिद्धनाथ टोलका बलराम लोहारको चुट्न ठिक पारेको ६ कट्टा खेतको धान बाली पराल सहित हात्तीले नोक्सान गरेको छ ।

शिवनगर टोलका कालू सिंह साउदको पसलसंगै जोडिएको टिनको ट्रस्ट(गोदाम) भत्काएको छ । त्यस्तै शम्भु भट्ट,हरिश भट्ट लगायतका घर आँगनमा आइ धान, केरामा क्षति पुगाएको छ ।

लक्ष्मीनगर र बैजनाथ टोलमा पछिल्लो समय लगातार जंगली हात्तीले धानी बाली नोक्सान गर्दै आएको छ ।

निकुञ्ज बाट करिब २ किलोमिटर टाढासम्म हात्ती आउन थालेपछि स्थानीय थप त्रासमा परेको स्थानीय भट्टले बताए ।

 

Himal dental
सम्बन्धित
Loading...