ghar sansar

पत्रकार बस्नेतले बनाउँदै छन् प्याराताललाई पर्यटकीय गन्तव्य

khasi

महेन्द्रनगर । पुनर्वास नगरपालिका ६ त्रिभुवन बस्तीस्थित प्रतिभा नगर टाउन संघीय अचेल प्रायः सुनसान देखिन्छ । कोरोना महामारी अघिसम्म बिहानदेखि साँझसम्म बजार गुल्जार हुन्थ्यो । लकडाउनपछि खुलेको टाउन अझै पुरानो लयमा फर्किन सकेको छैन ।

प्रतिभा नगर टाउन पुनर्वास नगरपालिका कार्यालय नजिकको बजार छ । पुनर्वास नगरपालिकामस प्रतिभानगर सहित आइबीआरडी, डोके बजार, टाउके बजार, चकमेली बजार ठूला बजार हुन् । चकमेली दोदा नदी किनार छ । जनघनत्व र कारोबारले आइबीआरडी सबैभन्दा ठूलो बजार मानिन्छ ।

साविकका कालिका, त्रिभुवन बस्ती, परासन र बाइसेबिचवा गाविस मिलाएर पुनर्वास नगरपालिका बनेको छ । पुनर्वासमा ११ वडा छन् ।

भारतीय सीमासित जोडिएको पुनर्वासलाई प्याराताल पर्यटकीय स्थल बनाएर पर्यटकीय नगरी बनाउन सकिने पुनर्वासका पत्रकार नेपाल पत्रकार महासंघ कञ्चनपुरका सह सचिव किशोर तामाङ्ग बताउँछन् ।

‘पुनर्वास भारतसित सीमा जोडिएको नगरपालिका हो, यहा खुला सीमा छ, यसलाई नियन्त्रण गर्न पर्ने आवस्यकता छ’ तामाङ्ग भन्छन्, ‘प्याराताल संवद्र्वन प्रवद्र्धन गर्न सके पर्यटन प्रवद्र्धन हुन्छ, यसले पर्यटकीय नगर बन्न सक्छ ।’

सशस्त्र द्वन्द्वको चपेटामा परेको पुनर्वास छोटी भन्सार बन्द भएपछि व्यापार व्यवसायमा धक्का लाग्न थालेको थियो । कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दीले व्यापार थप खस्किन पुगेको बताइन्छ ।

पुनर्वास ६ को ङ गाउँमा छोटी भन्सार थियो । अहिले व्यवसायी गौरीफन्टा नाका भएर समान आयात निर्यात गर्न पर्ने बाध्यतामा छन् ।

कञ्चनपुरको ब्रह्मदेबदेखि डोकेबजार सम्म भारतसित खुला सीमा छ । पत्रकार तामाङ्ग खुला सीमा सबैभन्दा ठूलो समस्या भएको बताउँछन् ।

किसानलाई मलखाद र बिउ बिजन पनि समस्याको रुपमा छ । पुनर्वासका कृषि उब्जनीलाई सदुपयोग गर्न सके बिउ बिजन स्थानीय स्तरमा उत्पादन गर्न सकिने सम्भावना भएको बताइन्छ ।

सुकुम्बासी समस्या, दोदा नदी कटान र सिँचाईको समस्या पनि पुनर्वासका मुख्य समस्याभित्र छ्न । दोदा नदी वडा न. २,५,७ र ९ वडासम्म समस्या बनेको छ । नदी किनारका बासिन्दाले खेतीपाती गर्न छाडेका छन् ।

दोदाको बाढीले खेतीपाती गर्न सकिने अवस्था नभएपछि उनीहरु अहिले उखु लगाउने गरेका छ्न । दोदा किनारका सबै खेतम उखु लगाएको देख्न सकिन्छ ।

राष्ट्रिय आवाश कम्पनीले बस्ती बसालेको पुनर्वासमा देशभरका ७७ जिल्लाका बासिन्दा बसोबास गछ्र्न । सबै जिल्लाका बासिन्दाको बसोबास भएकाले यसलाई ७८ जिल्ला पनि भनेर चिन्ने गरिन्छ ।

बस्ती व्यवस्थापनले व्यवस्थित पुनर्वास औद्योगिक क्षेत्रमा अघि बढेको छ । इटा उद्योग बाहेक पुनर्वास नगरपालिका २ मा भागेश्वर मिल संचालन भएपछि उखु खेती गर्ने किसान बढेका छन् ।

पुनर्वासका बस्तीका नाम राष्ट्रिय बिभूति र बिशिस्ट सामाजिक योगदान हुने व्यक्तित्वका नाममा नामाकरण गरिएका छन् ।

अरनिको बस्ती, अमर बस्ती, भीम बस्ती, बिकास बस्ती, बलभद्र बस्ती, बुद्व बस्ती, पृथ्वी बस्ती, सीता बस्ती, जनक बस्ती, त्रिभुवन वस्ती, भानु बस्ती, अंशु बर्मा बस्ती, राम बस्ती र मोती बस्ती छन् ।

पुनर्वास २ अमरैया, १ पुरैना र ७ उर्दी राना गाउले चिनिन्छन् । यस बाहेक पुनर्वास २ अरनिको बस्ती, ३ राम बस्ती, ७ बुद्व बस्ती, १ बलभद्र बस्ती र अंशुब्रह्म बस्ती तामाङ्ग समुदायका घना बस्ती हुन् ।

पुनर्वास ९ बिचफाटाकाका बब्लु बस्नेत प्याराताल बाहिर ठेला लगाएर पानीपुरी बेच्छ्न । उनी यस अघि प्यारातालमा डुङ्गा चलाउँथे ।

डुङ्गा चलाउन बन्द गरिएपछि बस्नेत चार बर्ष देखि ताल बाहिर ठेला लगाउँदै आएका छ्न । ठेलामा पानी पुरी, तितौरा लगायत बेच्ने गर्छन ।

बर्खामा प्यारातालमा बाढी आएका बेला उनी ठेला लगाउँदैनन ।

dirghayi clinic

भारतले प्याराताल सहित स्थानीयको जग्गा समेत कब्जा गरेपछि आन्दोलन भएको थियो । भारतले बनाएको सीमा स्तम्भ भत्काइका थिए ।

दुई दशक अघि नेपाल भारत सीमा सर्भेका क्रममा प्याराताल सहित आफ्नोमा पर्ने गरी भारतले सीमा स्तम्भ निर्माण गरेको थियो ।

प्याराताल पारी आधा जङ्गलसम्म सीमा भएकोमा भारतले सार्दै ताल वारी पुगाएको थियो । ताल पारीको जङ्गल भारतको दुधुवा नेशनल पार्क हो । त्यही जङ्गलको आधा भागमा दुई देश छुट्याउने सीमा स्तम्भ थियो ।

सीमा सुरक्षाका लागि बिचफाटामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट छ। सशस्त्र प्रहरी नायव निरीक्षक सईले पोष्टको नेतृत्व गरेका छ्न ।

बिचफाँटा साविक परासन गाविसमा पर्छ । यो बस्तीबाट भारतीय सीमावर्ती सहर पलिया नजिक छ । दुई देशका बासिन्दाले काठको पुल भएर एक अर्को देश आउजाउ गर्दै आएका छन् ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका कार्य समिति सदस्य धन बहादुर बिक पुनर्वास बिकट भएको बताउँछन् । ‘सदरमुकाम महेन्द्रनगरबाट यहासम्म पुग्न अझै सजिलो छैन’ उनले भने,‘विकट नै छ ।’

नेपाल पत्रकार महासंघ कञ्चनपुरले २०८२ साउन २ गते प्यारातालमा पहिलो घुम्ती बैठक राखेको थियो ।

प्याराताल पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसारमा टेवा पुग्ने अपेक्षा महासङ्गको थियो । पुनर्वास नगरपालिकाका मेयर तोय प्रसाद शर्मा आफै बैठकमा सहभागी भएका थिए ।

पछिल्लो पटक पत्रकार एबम सामाजिक अभियन्ता दिपेन्द्र बस्नेतले प्याराताल संरक्षण अभियान सञ्चालन गरेका छन् ।

बस्नेत बिचफाँटाका बासिन्दा हुन् । बस्नेतले अभियान सञ्चालन गरेपछि ताल पर्यटकीय गन्तव्य बन्न थालेको छ ।

ताल किनारमा निर्माण गरिएका सुन्दर कलात्मक बिभिन्न आकृति प्याराताल पर्यटकका लागि अर्को आकर्षण बनेका छन् ।

अहिले ताल हेर्न आउने आन्तरिक पर्यटक बढेका छन् । त्यस बाहेक तालमा वन, वातावरण, जीवजन्तु अध्ययन अनुसन्धानका लागि आउने अध्येता पनि बढेको वस्नेत बताउँछन् ।

प्याराताललाई पर्यटकीय गन्तव्य बनाउन ताल परिसर क्षेत्रमा आकर्षक संरचना निर्माण गरिएका छन् ।

प्याराताल पर्यटन प्रवद्र्धन तथा संरक्षण समितिका अध्यक्ष बस्नेत स्थानीयले ताल परिसरमा विभिन्न प्रकारका कलात्मक आकृति निर्माण गरेको बताउँछन् ।

उनका अनुसार सेल्फी प्वाइन्ट, माछाको प्रतिमा, कछुवाको प्रतिमा, दुर्लभ जलचर ओदको प्रतिमा, गोही, मयुरको प्रतिमा, वाटर फाउन्टेन र आगन्तुकको मनोरञ्जनका लागि झुला लगायतका संरचना बनाइएका छन् ।

पत्रकार बस्नेतले सामाजिक सञ्जालबाट प्याराताल संरक्षण तथा प्रवद्र्धन अभियान सञ्चालन गरेका हुन् । अहिले यो अभियान देश विदेश फैलिएको बस्नेत बताउँछन् ।

६ किलोमिटर लामो यो ताल जैविक विविधताले भरिपूर्ण भएको र यसको प्रवद्र्धनका सरकारले ध्यान दिनु पर्ने बस्नतेले बताए ।

Himal dental
सम्बन्धित
Loading...