ghar sansar

बेलडाँडीका बस्तीमा पस्ने शुक्लाफाँटा निकुञ्जका हात्तीमा जीपिएस जडान थालियो, मन्त्री चौधरीेले दिइन् जानकारी

khasi

महेन्द्रनगर । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती पस्ने हात्तीमा रेडियो कलर (जीपीएस) जडान थालिएको बताएकी छन् ।

शक्लाफाँटा राष्ट्रिय निकुञ्जका हात्तीले बस्तीमा पसेर बालीनाली नोक्सान गर्दै आएपछि स्थानीय समस्यामा छन् । बेल्डाँडी पुगेकी मन्त्री चौधरीले शनिबार हात्ती नियन्त्रणका लागि जिपीएस जडान सुरु गरिएको बताएकी छन् ।

बेल्डाँडी कञ्चनपुर १ का साँसद जनक सिह धामीको गृह गाउँपालिका हो । साँसद धामी सहितको सहभागितामा गरिएको कार्यक्रममा मन्त्री चौधरीले हात्ती नियन्त्रण सम्बन्धि भएका कामबारे जानकारी दिएकी हुन् ।

dirghayi clinic

‘हात्ती आतंक रोक्न हात्तीलाई रेडियो कलर (जीपीएस) जडान गर्ने प्रक्रिया अघि बढेको छ’ मन्त्री चौधरीले भनिन् ।

स्थानीयले मन्त्री चौधरीलाई किसानले भोगिरहेको वन्यजन्तुको क्षति, मलखादको समस्या, क्षतिपूर्तिको अन्यौल, सामुदायिक वन, कालिकिच ताल संरक्षण, सिमसार व्यवस्थापन र तटबन्ध निर्माण लगायतका विषयमा ध्यानाकर्षण गराएको पत्रकार बिमल धामीले जानकारी दिए ।

साँसद धामीले जनताको विश्वास अनुसार विकास र सुशासनका लागि अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

पत्रकार धामीका अनुसार रास्वपा बेलडाँडी सभापति तेज सिंह धामीले किसानले क्षतिको उचित क्षतिपूर्ति पाउनु पर्ने, मलखाद वितरण पारदर्शी हुनु पर्ने र किसानको उत्पादन सरकारले खरिद गर्ने व्यवस्था मिलाउनु पर्ने लगायतका माग मन्त्री समक्ष राखेका छन् ।

Himal dental
सम्बन्धित
Loading...