ghar sansar

कञ्चनपुरमा छ यस्तो निजी स्कुल , जसले दिन्छ शिक्षक कर्मचारीलाई दशैं पेश्की

khasi

महेन्द्रनगर । रेडियन्ट माध्यमिक विद्यालयले शिक्षक कर्मचारीलाई एक महिना तलब बराबरको दशैं पेश्की दिएको छ ।

विद्यालयले शिक्षक तथा कर्मचारीको सेवा–सुविधा र मनोबल उच्च राख्न दशैं पेश्की दिँदै आएकोमा यस वर्ष पनि निरन्तरता दिएका छ ।

विद्यालयका विद्यालयका प्रिन्सिपल सूर्यबहादुर चन्दले केही वर्षदेखि निरन्तर रूपमा चाडपर्वमा शिक्षक कर्मचारीलाई पाई आएको मासिक तलब बराबर एक महिनाको) दशैँ पेश्की दिएको बताए ।

dirghayi clinic

विद्यालयले पेश्की बाहेक नियमित रूपमा पोशाक भत्ता पनि प्रदान गर्दै आएको छ ।

विद्यालयमा शिक्षकका अनुभव र योगदानको मूल्याङ्कन गरी ग्रेड सिस्टम समेत लागू गरिएको छ । चाडपर्वमा अग्रिम पेस्की, ग्रेड वृद्धि तथा अतिरिक्त भत्ताको व्यवस्थापनले गर्दा विद्यालयका शिक्षकहरू अत्यन्तै उत्साहित र खुसी भएको चन्दले बताए ।

‘विद्यालय व्यवस्थापन समितिले शिक्षकहरूलाई सम्मान गर्न तथा मनोबल बढाउनका लागि गरिएका हुन् ’ प्रिन्सिपल चन्दले भने ।

Himal dental
सम्बन्धित
Loading...