

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कुल) ले आगामी पुसमा स्वर्ण जयन्ति मनाउने भएको छ । विद्यालयले पुस १५ गते स्वर्ण जतन्ती मनाउने तयारी सुरु गरेको छ ।
दशै तिहारको अवसरमा शुभ कामना आदानप्रदानमा भूतपूर्व विद्यार्थी सहितको सहभागितामा स्वर्ण जयन्ति मनाउने विषयमा छलफल गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज बिष्टको अध्यक्षतामा कार्यक्रम गरिएको छ ।
कार्यक्रममा विद्यालयका असल अभ्यास, गतिविधि, आगामी ५० औँ स्वर्ण जयन्ति (पुस १५), संस्थापक प्रधानाध्यापक स्वर्गीय धर्मानन्द भट्टको शालिक स्थापना तथा विद्यालयलाई थप सुधार र समुन्नत बनाउन सकिने उपाय लगायतका समसामयिक विषयमा छलफल गरिएको छ ।
राष्ट्रिय भलिबल प्रशिक्षक जगदीश भट्ट लगायत सहभागी भएका छन् । विद्यालयले स्वर्ण जयन्ती मनाउन तयारीका लागि जिम्मेवारी बाँडफाँट गरेको छ ।
महेन्द्रनगर माध्यमिक विद्यलय सुदूरपश्चिमको नमूना विद्यालय हो। एक देखि १२ कक्षासम्म पढाई हुने यस विद्यालयमा तीन हजार तीन विद्यार्थी अध्ययनरत छन् ।
