ghar sansar

सुदूरपश्चिममा पार्टी कार्यालय बनाउन समेत बजेट

khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा राजनीतिक दलका कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष सुरु भएको तीन महिनापछि ल्याइएको बजेटमा विभिन्न राजनीतिक दलसँग सम्बन्धित भवन र प्रतिष्ठानका नाममा लाखौँ रुपैयाँ छुट्याइएको हो ।

प्रदेश सरकारले नेकपा एमालेसँग सम्बन्धित भवनलाई मदन–आश्रित स्मृति भवन, कांग्रेससँग सम्बन्धित भवनलाई गणेशमान स्मृति भवन र नेपाली कम्युनिस्ट पार्टीमा समाहित भइसकेको साविकको नेकपा एकीकृत समाजवादीसँग सम्बन्धित प्रतिष्ठानलाई पुष्पलाल स्मृति प्रतिष्ठानका नाममा बजेट दिएको छ ।

चालु आर्थिक वर्ष २०८३÷८४ को बजेटमा डडेल्धुरा, कैलाली, बाजुरा र अछाममा यस्ता भवन तथा संरचना निर्माणका लागि रकम विनियोजन गरिएको छ । डडेल्धुरामा मदन–आश्रित स्मृति भवनका नामले एमाले पार्टी कार्यालय रहेको छ। मदन–आश्रित स्मृति भवन निर्माणका लागि प्रदेश सरकारले १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

dirghayi clinic

सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालय डडेल्धुरा मार्फत कार्यान्वयन हुने उक्त योजना परशुराम नगरपालिका–१२ मा कार्यान्वयन हुने बताइएको छ ।

त्यस्तै, कैलालीको घोडाघोडीमा मदन–आश्रित पुस्तकालय तथा शौचालय निर्माणका लागि १० लाख रुपैयाँ छुट्याइएको छ। बाजुराको बुढीनन्दामा मदन–आश्रित भवन निर्माणका लागि पनि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश सरकारले कैलालीको धनगढीमा पुष्पलाल स्मृति प्रतिष्ठान भवन निर्माणका लागि २० लाख रुपैयाँ छुट्याएको छ। यसैगरी, अछामको मंगलसेनमा गणेशमान सिंह सामुदायिक भवन निर्माणका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश सरकारले राजनीतिक दलका कार्यालय तथा तिनसँग सम्बन्धित भवन निर्माणका लागि बजेट छुट्याएको यो पहिलोपटक भने होइन । पछिल्लो नौ वर्षमा यस्ता शीर्षकमा १५ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन भइसकेको छ ।

साभार : दिनेश खबर

Himal dental
सम्बन्धित
Loading...