ghar sansar

भुनवेश्वरीलाई प्रगति प्रगति पथमा दौडाउँदै दौल्याल

khasi

महेन्द्रनगर । बेदोकोट नगरपालिका ६ सिसैयास्थित भुवनेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक रण बहादुर दौल्याल २०६६ पहिलो पटक राहत शिक्षक भएर विद्यालय हाजिर भएका थिए ।

माबि नेपाली विषयका राहत शिक्षक भएर पाँच बर्ष शिक्षण गरेका उनले आफू छिट्टै विद्यालयको प्रधानाध्यापक हुने सोचेका थिएनन् ।

त्यति बेला दया केसी प्रधानाध्यापक थिइन् । तत्कालिन प्रधानाध्यापक केसीको अनिवार्य अवकाश भएपछि दौल्यालले प्रधानाध्यापकको जिम्मेवारी पाएका हुन् ।

‘पहिलो पटक हाजिर हुदा त राहत शिक्षक भएर आएको थिए, प्रधानाध्यापक नै हुन्छ भन्ने सोचेको थिइन, पछि स्थायीमा नाम निकाले, प्रधानाध्यापक हुने मौका पाए’ उनले भने ।

भुवनेश्वरमिा राहत शिक्षक हुन अघि नै उनी शिक्षण पेशामा लागि सकेका थिए ।

बझाङ्ग दुर्गाथलीको दुर्गा माबिबाट एसएलसी गरी उनले जय पृथ्वी क्याम्पसमा प्रविणता प्रमाणपत्र तह अध्ययन गरेका थिए ।

तत्कालिन सिद्दनाथ बहुमुखी क्याम्पसबाट बीए र बीएड गरेपछि उनले त्रिभुवन बिश्वबिद्यालयमा एमएड गरेका हुन् ।

समान्य किसान परिवारका दौल्याल सानैदेखि शिक्षक बन्न चाहन्थे । ‘शिक्षक नै बन्छु भन्ने थियो, अरु त केही सोचिएन, किन हो मलाई भित्रैबाट शिक्षक बन्ने थियो’ उनले भने ।

२२ वर्ष अघि २०६० मा उनले प्रभात विद्या निकेतनबाट शिक्षण सुरु गरेका थिए । २०६४ देखि तीन बर्ष भानु बहुमुखी क्याम्पसमा पूर्णकालिन भएका उनले भुवननेश्वरीमा नियुक्ति पाएपछि आंशिक शिक्षक भए । स्थायी भएपछि क्याम्पस प्राध्यापनबाट बिदा लिएका थिए ।

प्रधानाध्यापक दौल्याल पहिलो पटक विद्यालय हाजिर हुदा बिद्यालय व्यवस्थित रुपमा संचालन भएको पाएको र अहिले शैक्षिक र भौतिक सुधारलाई ध्यान दिएर अघि बढेको बताउँछन् ।

‘यहाँ आउने बेला भौतिक संरचना पर्याप्त थिएन, ठिक ठिकै थियो, बिद्यालय राम्रो थियो’ उनले भने ।

अहिले बिद्यालय बेदकोट नगरपालिकाका उत्कृष्ठ शिक्षण संस्थाको पहिचान बनाउन सफल भएको छ । सुदूरपश्चिम सरकारको नमूना बिद्यालयमा परेको छ ।

गत बर्ष भुवबेश्वरी प्रदेश नमूना बिद्यालय छनौट भएको थियो । नमूना भएपछि पुस्तकालय व्यवस्थापन, बिज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब बनेका छन् ।

बाल विकासदेखि १२ कक्षासम्म पढाई हुने भुवनेश्वरीमा एक हजार बढी विद्यार्थी छ्न । कक्षा ११ र १२ मात्रै तीन सय विद्यार्थी छन् ।

कम्प्युटर कमर्स, आट्र्स र शिक्षा विषय पढाई हुने गरेको छ । यस अघि ११ र १२ मा ५० देखि ६० जना विद्यार्थी हुने गरेका थिए ।

अभिभावकको चाहना र माग अनुसार अंगे्रजी माध्यममा पनि पठनपाठन सुरु गरिएको छ । अहिले कक्षा ४ सम्म अंग्रेजी माध्यममा पढाई हुन्छ ।

बाल बिकासलाई नर्सरी र त्यसपछि कक्षा १ देखि अंग्रेजी माध्यममा पढाई हुने गरेको छ । बिद्यालयका शिक्षक खगेन्द्र प्रसाद भट्टले अंग्रेजी माध्यम संयोजक छन् ।

प्रधानाध्यापक दौल्याल अंग्रेजी माध्यम आकर्षण र मध्यम परिवारका बालबालिकालाई मध्यनजर गरी अभिभावकको चाहना अनुसार सुरु गरिएको बताउँछन् ।

‘अंग्रेजी माध्यम चलेपछि केही फरक छ, थोरै भए पनि अभिभावकले बच्चाको केयर गर्न गरेका छन्,’ उनले भने, ‘राम्रो पक्ष भनेको चासो बढेको छ, अलि विद्यार्थी संख्या पनि बढेको छ ।

कक्षा १० सम्म अंग्रुेजी माध्यम सञ्चालन गर्ने लक्ष्य लिइएको छ । कक्षा ६ देखि नेपाली र अंग्रेजी दुबै माध्यममा पठनपाठन गरिने प्रधानाध्यापक दौल्याल बताउँछन् ।

बेदकोटको ६ नम्बर सहित ३,४,५,७ र १० नम्बर वडाका अधिकाँश विद्यार्थी बिद्यालयमा पढ्ने गर्छन् ।

विद्यालयमा विशेष शिक्षा अन्तर्गत दृष्टि बिहिन स्रोत कक्षा सञ्चालक हुँदै आएको छ । २०५४ देखि सञचालित कक्षामा हाल १९ जना विद्यार्थी छन् ।

पहिले कोठामा पढाई हुने दृष्टि बिहिन स्रोत कक्षाका लागि पछिल्लो समय छात्राबास बनाइएको छ । स्रोत कक्षामा तीन वर्ष ब्रेल पढेपछि विद्यार्थीहरु अन्य विद्यार्थीसंगै कोठामा बसेर पढ्ने गरेका छन् ।

dirghayi clinic

विद्यार्थी संख्या बर्सेनि बढ्दै गएपछि सबै विद्यार्थीका एकै पटक कक्षा सञ्चालन गर्न कक्षा कोठा अपुग हुने अवस्था आएको छ ।

कक्षा ११ र १२ का कक्षा बिहान र त्यसपछि अन्य कक्षाहरु सञचालन हुँदै आएका छन् ।

कक्षा ६ देखि १० सम्म दुई दुई तथा ११ र १२ मा विद्यार्थीका तीन तीन सेक्सन छन् । ‘एकै पटक पढाउनलाई त कोठा पुग्दैन’ प्रधानाध्यापक दौल्यालले भने, ‘त्यही भएर ११ र १२ का कक्षा बिहान चलाउँछौ।’

प्रदेश नमूना भएपछि बिद्यालयले शैक्षिक र भौतिक पूर्वाधार निर्माणका कार्य अघि बढेका छन् ।

साढे चार बिगाहा जमिन भएको भुवनेश्वरीको चारैतिर पर्खाल बनाइएको छ । यस अघि खुला हुदा बिद्यालय भित्र छाडा गाई गोरु समेत पस्ने गरेका थिए ।

विद्यालयले आफ्नो प्रार्थनालाई नै अरु भन्दा भिन्न बनाएको छ । बिद्यालय व्यवस्थापन समितिको नेतृत्व प्रबिन बोगटीले लिएपछि एक बर्षदेखि प्रार्थनाको शैली फेरिएको हो ।

विद्यार्थीलाई अनुशासित बनाउन नौलो शैलीको प्रार्थना गर्न सुरु गरिएको प्रधानाध्यापक दौल्यालले बताए । हरेक दिन प्राथर्ना सुरु हुन करीब आधा घण्टा अघि ६ देखि १० कक्षा सम्मका २०– २५ विद्यार्थी गर्छन् ।

अघिल्लो दिन विद्यार्थीलाई पालो दिने गरिन्छ । उनीहरू बिद्यालय आएपछि प्रबेशद्वारको दुबैतिर लाइन बनाएर उभिन्छ्न । उनीहरुसित बिद्यालयका शिक्षक पनि हुने गरेका छन् ।

गेटमा हरेक दिन उभिने यो समूहलाई स्वयमसेवी टीम भन्ने गरिन्छ । विद्यार्थीले ड्रेस लगाएको नगाएको, कपाल, कमिजका टाँक सबै हेर्ने गरिन्छ ।

विद्यालय अनुशासन पालना गरी आए नाअएको सबै हेरेर मात्रै विद्यार्थीलाई प्रवेश दिन्छ ।

प्रार्थनामा म्यूजिकल पीटी र प्रतिभा पहिचान हुने गर्छ । विद्यार्थीले कथा, कविता, निबन्ध, मन्तव्य सुनाउने गरेका छन् ।
भुवनेश्वरीले शैक्षिक नतिजामा अनपेक्षित सुधार गरेको छ । एसईई , एसएलसी र कक्षा ८ को परीक्षाको नतिजा उत्कृष्ट स्थानमा पुगेको छ ।

एसईईमा पछिल्ला दुई बर्षमा ए प्लस नतिजा ल्याएर विद्यार्थी उत्तीर्ण भएका छन् । २०८१ मा भुवनेश्वर पन्त र त्यस अघि देबराज पन्त ए प्लस ल्याएर पास भएका थिए ।

कक्षा ८ को परिक्षामा तीन बर्षदेखि उत्कृष्ट नतिजा हासिल गरेको छ ।

नतिजा सुधारका लागि दशै तिहारपछि गणित, बिज्ञान र अंग्रेजी विषयको कोचिङ्ग सञ्चालन गरिएको थियो ।

यस वर्ष पनि निरन्तरता दिइने भएको छ । कक्षा ११ १२ मा गणित र अङ्ग्रेजीको कोचिङ्ग पढाइने गरिएको छ । पढाईसंगै खेलकूदमा विद्यालय नगर भित्र अब्बल बिद्यालयका रुपमा चिन्ने गरिन्छ ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता विद्यालयले आयोजना गरेको छ । नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा उत्कृष्ट स्थान ल्याउदै आएको छ ।

बिदाका दिन विद्यार्थीलाई होम वर्क डायरीमा दिने गरिएको छ । कक्षा शिक्षकलाई यसको जिम्मेवारी दिइएको छ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई होम वर्क डायरी दिने गरिएको छ ।

विद्यालयमा शिक्षक कर्मचारी गरी ३२ जना कार्यरत छन् । त्यसमा २७ जना शिक्षक छ्न । माध्यमिक तहमा नेपाली र बिज्ञानका स्थायी दरबन्दी छन् ।

गणित र सामाजिकका राहत छ्न । अंग्रेजी शिक्षक नगर अनुदानबाट राखिएका छन् । निमाविमा ४ स्थायी र एक जना नगर अनुदानका छ्न । प्राथमिक तहमा सबै दरबन्दी स्थायी छन् ।

बिद्यालयले सिकाई तथा अनुभव आदानप्रदानका लागि देशभर नमूना बिद्यालय भ्रमण गर्ने कार्यक्रम गर्दै आएको छ ।

गत बैशाखमा सुर्खेतको जन नमूना माध्यमिक बिद्यालयको भ्रमण गरिएको थियो ।

तीन हजार वढी विद्यार्थी पढ्ने जन नमूना देखेर सामुदायिक विद्यालयमा केही गर्न सकिने प्रेरणा मिलेको प्रधानाध्यापक दौल्याल बताउँछन् ।

बिद्यालयले सुधारको पाच बर्षे योजना बनाएको छ । यसमा डेढ हजार विद्यार्थी पुगाउने लक्ष्य लिइएको छ । हरेक बर्ष विद्यार्थी थपिदै गएकोले त्यस अनुसार पूर्वाधार विस्तारका कार्यक्रम पनि योजनाना राखिएका छ्न् ।

३०३६ मा स्थानीय समाजसेवीले बिद्यालय स्थापना गरेका हुन् । नरिभान भाट,तेज सिंह केसी, सौला राना, मन्सा राना, नर बहादुर देउवा, नन्दलाल खत्री बिद्यालयका संस्थापक छन् ।

२०३९ मा निमाबि भएको भुवनेश्वरीमा २०५८ देखि माबि पठनपाठन सुरु भएको थियो । त्यसको ६ बर्षपछि २०६४ मा प्लस टु सञ्चालन गरिएको थियो ।

‘सामुदायिक विद्यालयको सबैभन्दा ठूलो समस्या भनेको अभिभावकको वेवास्ता हौ ’ उनले भने, ‘५० प्रतिशलाई मतलब नै छैन, हामी यसलाई सुधार गरी अघि बढ्न चाहन्छौ ।’

Himal dental
सम्बन्धित
Loading...