ghar sansar

भीमदत्त १४ नम्बर वडा कार्यालयमा भारोत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी उपाध्ययलाई सम्मान

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १४ नम्बर वडा कार्यालयले भारोत्तोलनका अन्र्तराष्ट्रिय खेलाडी सुभास उपाध्ययलाई सम्मान गरेको छ ।

वडा कार्यालयमा कार्यक्रम गरी खेलाडी उपाध्ययलाई सम्मान गरिएको छ । उपाध्ययलाई टिका र खादा लगाएर सम्मान गरियो ।

dirghayi clinic

वडा अध्यक्ष भोजराज जोशीको अध्यक्षतामा कार्यक्रम गरिएको छ । उपाध्यय भीमदत्त १४ का स्थानीय हुन् । स्वर्ण पदक विजेता उपाध्ययले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेका छन् ।

वडा अध्यक्ष जोशीले वडा, जिल्ला र देशकै पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागार गरिएको भन्दै उपाध्ययलाई बधाई सहित आगामी दिनको सफलताको कामना गरे ।

भारोत्तोलनका प्रशिक्षक जीवन गौतमलाई वडा अध्यक्ष जोशीले धन्यवाद सहित बधाई दिए । वडा कार्यालयले विगतदेखि खेलाडीलाई वडा कार्यालयमा सम्मान गर्दै आएको छ ।

कार्यक्रममा महाकाली प्रादेशिक अस्पतालका पूर्व अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले स्वागत मन्तव्य राखे । कार्यक्रममा जनप्रतितिधि , कार्यालयका कर्मचारी, स्थानीय सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...