ghar sansar

आकस्मिक उपचार कक्षमा लफडापछि दोधारा चाँदनी नगर अस्पतालको बस्यो बैठक, उपचारमा लापरवाहीबारे भएन निर्णय, स्वास्थ्यकर्मी आलोपालो अस्पताल ल्याइने

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका बिभिन्न वडाका स्वास्थ संस्थामा कार्यरत स्वास्थकर्मीले नगर अस्पताल पनि काम गर्न पर्ने भएको छ ।

नगर अस्पतालमा कर्मचारी अभाव पूर्ति गर्न सबै स्वास्थ संस्थाका कर्मचारीलाई पालो अनुसार काममा लगाउने निर्णय भएको छ ।

स्वास्थकर्मीलाई वडाबाट अस्पताल ल्याउने वा आवस्यकताका आधारमा काममा लगाउने निर्णय भएको मेयर किशोर लिम्बुले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् ।

मेयर अस्पतालको अध्यक्ष छ्न । शनिबार अस्पतालका कर्मचारी र वडा अध्यक्षबीच आकस्मिक उपचार कक्षमा बिरामी उपचारलाई लिएर विवाद भएको थियो ।

dirghayi clinic

विवाद पछि सोमबार अस्पताल व्यवस्थापन समितिको बैठक बसेको थियो ।

बैठकले अस्पतालले बिमाको रकम केन्द्र सरकारबाट भुक्तानी नपाएको कारण र औषधि खरिद टेण्डर मार्फत गर्दा आउन ढिलो भएको कारणले बन्द गरेको बिमा सेवा पुनः संचालन गर्ने र अस्पतालको सेवा प्रभावकारी बनाउनको लागि कर्मचारीको अभावलाई पुर्ती गर्नका १० वटै वडाका स्वास्थ्यका कर्मचारीहरूलाई आवश्यकताको आधारमा पालैपालो गरेर अस्पतालमा तान्ने तथा काममा लगाउने निर्णय गरिएको छ ।

‘कुनै वडामा महिनामा ५÷७ जना सेवाग्राही पनि सेवा लिन नगएको देखियो र वडामा भन्दा नगर अस्पतालमा स्वास्थ्य कर्मचारीको आवश्यकता भएकाले यो निर्णय गर्न बाध्य भएको जानकारी गराउँदछु’ मेयर लिम्बुले भनेका छन् ।

साथै विगतमा वडा नं.७ र ८ को कर्मचारी मात्र अस्पतालमा खटिएकोले अब सबै वडा अध्यक्षलाई पनि यो निर्णय कार्यान्वयन गरेर अस्पतालबाट स्थानीयवासलाई स्वास्थ्य सेवा दिने कुरामा गम्भिरताका साथ सहयोग गर्दिनका लागि हार्दिक अनुरोध गरिएको छ ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रवक्ता हरि सिंह धनाडीले शनिबारको घट्नाबारे कुनै छलफल नभएको बताए । ‘त्यो घट्ना एक आपशमा बसेर मिलि सकेकाले बैठकमा त्यसबारे केही छलफल भएन’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...