

महेन्द्रनगर । भारतबाट लागु औषध खैरो हिराइन नेपाल ल्याउँदै गरेका भारतीय नागरिक भारतीय सीमार्वी क्षेत्रमा पक्राउ परेका छन् ।

भारतीय प्रहरीले भारतको वनबासामा क्षेत्रबाट राहुल कुमारलाई पक्राउ गरेका हुन् । राहुल कुमारसित १८ दशमलव ८ ग्राम ब्राउन सुगर भेटिएको समाचार भारतीय मिडियामा आएका छन् ।
भारतको वनबासास्थित चम्वावात थानाले उनलाई पक्राउ गरेको हो । उनी भारतमा विभिन्न अपराधमा संलग्न छन् ।
राहुल कुमारले शुक्लाफाँटाको झलारीका व्यवसायीसित कारोबार गर्दै आएको र ब्राउन सुगर नानकमत्ताबाट ल्याएको प्रहरीलाई जानकारी दिएका छन् ।
