ghar sansar

हल्दुखालमा शुक्रबारदेखि वडा स्तरीय कबड्डी प्रतियोगिता, १२ टीम हुँदै छन् सहभागी

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ७ हल्दुखालस्थित महाकाली जनसेवा माध्यमिक विद्यालयमा वडा स्तरीय कबड्डी प्रतियोगिता हुन लागेको छ ।

हल्दुखालको दिपज्योति क्लबले शुक्रबारदेखि प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ । बिद्यालयक प्राङ्गणमा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको क्लबका सचिव भीम कार्कीले जानकारी दिए ।

क्लबले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिता सम्बन्धि जानकारी दिएको छ । क्लबका अध्यक्ष राज बहादुर चन्दले कबड्डी खेलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

dirghayi clinic

प्रतियोगितालाई भीमदत्त ७ नम्बर वडा कार्यालयले सहयोग गरेको छ । वडाका १२ टीमले प्रतियोगितामा भाग लिन लागेका छन् ।

प्रतियोगितामा प्रथम टीमलाई नगद ५५ हजार ५ सय ५५, द्वितिय ३३ हजार ३ सय ३३ र तृतियलाई १५ हजार ५ सय ५५ नगद पुस्कार सहित प्रमाण पत्र प्रदान गरिने सचिव कार्कीले जानकारी दिए ।

प्रतियोगितामा सुदूरपश्चिमका अधिकाङश राष्ट्रिय खेलाडी सहभागी हुने बताइएको छ । कबड्डीका प्रशिक्षक बिष्णु भट्ट लगायत पत्रकार सम्मेलनमा सहभागी भएका छन् ।

प्रतियोगिता आयोजना गर्न ५ लाख खर्च हुने बताइएको छ । शुक्रबारदेखि कार्तिक २५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने अध्यक्ष राज बहादुर चन्दले जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...