
शुक्लाफाँटा किनारका भीमदत्तका वस्तीमा हात्तीको वितण्डा, पिपरिया र बडैपुर वस्तीका दर्जनौ स्थानमा क्षति

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका हात्तीले भीमदत्त नगरपालिका १३ मा क्षति पुगाएका छन् ।
भीमदत्त नगरपालिका १३ पिपरिया र बडैपुरका चार टोलका दर्जनौं स्थानमा जंगली क्षति पुगाएको स्थानीय महेश भट्टले बताए ।
क्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बैजनाथ टोल हुँदै केही दिनदेखि हात्ती बाहिर आउन गरेका छन् । स्थानीयका अनुसार हरेक दिन हात्ती समूह वा एक्लै बस्तीमा आउने गरेका छन् ।
हात्तीले रातभर गाउँमा आतंक मच्चाएर बिहान ५ बजे सिद्धनाथ टोलबाट निकुञ्ज प्रवेश गरी बाहिरिएका छन् ।

सिद्धनाथ टोलका बलराम लोहारको चुट्न ठीक्क पारेको ६ कट्टा खेतको धान बाली पराल सहित हात्तीले खाएर नोक्सान गरेको छ ।

शिवनगर टोलका कालू सिंह साउद को पसल संगै जोडिएको टिनको ट्रस्ट(गोदाम) भत्काएको छ ।त्यस्तै शिवनगर टोल बडैपुर कै शम्भु भट्ट,हरिश भट्ट लगायतका घरआगनमा आइ धान,केरामा क्षति पुगाएको छ ।
लक्ष्मीनगर र बैजनाथ टोलमा पछिल्लो समय लगातार जंगली हात्तीले धानी बाली नोक्सान गर्दै आएको थियो । तर निकुञ्जबाट करिब २ किलोमीटर टाढासम्म हात्ती आउन थालेपछि स्थानीय थप त्रसित भएका छन ।
जमिन त्यति हो हो ३ पुर्जा भएको भएर तीन कट्टा ऐलानी जग्गामा लगाएको बालीनाली नोक्सान गरेको छ । एक सय ४ वर्षकी आमा बिरामी र १४ वर्षकी छोरीसंगै बलराम बस्दै आएका छन् ।
लक्ष्मीनगर नगर टोलका प्रियंका सिंहको हिजो राति ११ बजे जंगली हात्तीले भान्सा घर भत्काई दिएको छ ।
