ghar sansar

पत्रकार विश्वमणि सुवेदी समाचार कक्षबाटै पक्राउ

khasi

महेन्द्रनगर । पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ। बानेश्वरस्थित नेपाल प्रेस अनलाइनको कार्यालयबाट प्रहरीले सुवेदीलाई पक्राउ गरेको प्रधान सम्पादक मात्रिका पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार अपराध अनुसन्धान महाशाखाबाट आएका दुई जना सादा पोशाकका प्रहरीले सुवेदीलाई पक्राउ गरेका हुन् ।

ratnam
dirghayi clinic

’सरले बोलाउनुभएको छ भनेर विश्वमणिजीलाई समाचार कक्षबाट लिएर गएछन्,’ पौडेलले भने, ’विश्वमणिजी नेपाल प्रेसको राइटर÷कन्ट्रिब्युटर हो। ’

उनले विश्वमणिलाई साइबर ब्यूरो लगिएको र आफू पनि अहिले साइबर ब्यूरी जान लागेको बताए ।

पौडेलका अनुसार नेपाल प्रेस अनलाइन सञ्चालन गर्ने कम्पनी नेपाल इप्रेस मिडिया प्रालिका अध्यक्ष विन्दुराज लम्साललाई पनि प्रहरीले साइबर ब्यूरो बोलाएको छ ।
’समाचारको विषय प्रधान सम्पादकलाई सोध्ने हो,’ पौडेलले भने, ’अध्यक्षलाई समेत साइबर ब्यूरो बोलाइएको रहेछ ।’

साभार : सेतो पाटी डट कम

Himal dental
सम्बन्धित
Loading...