ghar sansar

कञ्चनपुरमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट थालियो, २३ खेलका लागि ८ सय ४० खेलाडीले भरे फाराम

khasi

महेन्द्रनगर । आगामी मङ्सिर १६ गतेदेखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरमा जिल्ला छनोटको तयारी थालिएको छ ।

dirghayi clinic

जिल्ला खेलकुद समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले कञ्चनपुरका २३ खेल विधामा ८ सय ४० जना खेलाडीले छनोटका लागि फाराम भरेका बताए ।

“२३ वटा खेलमा ८ सय ४० जना खेलाडीले फाराम भरेर खेल तयारीमा जुटेका छन”, उनले भने, “जिल्लाबाट प्रतिस्पर्धा मार्फत १ सय १५ जना छनोट हुने छन् ।”

समितिले मङ्गलबारदेखि जिल्ला छनोट गर्ने तयारी गरेको उनले बताए । कञ्चनपुरमा बक्सिङ, कराते, तेक्वान्दो, कुस्ती हक्की, भारात्वोलन, फुटबल, खोखो, क्रिकेट, टेबलटेनिस, उसु, कबड्डी, र ब्याडमिन्टनमा प्रतिस्पर्धा हुनेछ ।

Himal dental
सम्बन्धित
Loading...