
सुदूरपश्चिम विश्वविद्यालका कम्प्युटर इन्जिनियरिङ्गका विद्यार्थीले गर्दै छन् सुदूरपश्चिममै पहिलो पटक राष्ट्रिय स्तरको ४८ घण्टे ह्याकाथनकाथन

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्गको कम्प्युटर इन्जिनियरिङ्गका विद्यार्थीले राष्ट्रिय स्तरको प्राविधिक प्रतियोगिता (ह्याकथन) गर्न लागेका छन् ।
कम्युटर इन्जिनियरिङ्ग अध्ययनरत विद्यार्थीको इन्नोभेटिभ कम्प्युटर इन्जिनियरिङ्ग क्लब सुदूरपश्चिम विश्वविद्यालय(आइसीइसी) ले मंसिर ५ देखि ७ गतेसम्म स्कुल अफ इन्जिनियरिङ्गमा ४८ घण्टा लामो ह्याकथन आयोजना गर्न लागेको हो ।
राजधानीमा हुँदै आएको ह्याकथन सुदूरपश्चिममा पहिलो पटक हुन लागेको छ । स्कुल अफ इन्जिनियरिङ्ग र विभिन्न संघ संस्थाबाट सहयोग जुटाएर ह्याकथन आयोजनाको तयारी थालिएको छ ।
क्लबले आइतबार पत्रकार सम्मेलन गरी आयोजना सम्बन्धि जानकारी दिएको छ ।
क्लबकी अध्यक्ष जेलिन भट्टले दुई वर्षदेखि ह्याकथन सपना देखेको र अहिले आएर बल्ल पूरा हुन लागेको बताइन् ।
दुई वर्ष अघि क्लब गठन भएको थियो । क्लब गठन भएपछि नव प्रवद्र्धन सहित सूचना प्रविधिसंग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दा ह्याकथन आयोजनाका लागि छलफल भएको थियो ।
क्लबले ह्याकथनलाई इन्नेक्स नाम दिएको छ । विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्गका प्रमुख हरि जोशी लगायतका प्राध्यापक पत्रकार सम्मेलनमा सहभागी भएका छन् ।
ह्याकथनमा सहभागीले स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, साइबर सुरक्षा, फिनटेक, एआई÷एमएmल र ओपन इन्नोभेसनका ८ विषयमा समस्या पहिचान गरी प्राविधिक समाधान खोजी गर्ने भएका छन् ।
प्रतिस्पर्धामा सहभागी भएर उत्कृष्ठ खोजी गर्ने समूहलाई एक लाख १५ हजार नगद पुरस्कार वितरण हुने जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा विभागीय प्रमुख जोशी सहित क्लबका सल्लाहकार, निवर्तमान अध्यक्ष, अध्यक्ष सहितले आफ्ना धारणा राखे ।
हरि जोशी, स्कुल प्रमुख
स्कुल अफ इन्जिनियरिङ्ग भनेको यो सुदूरपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ्ग संकाय अन्र्तगतको हो । यसमा इन्जिनियरिङ्ग विषय पढाई हुन्छ र दक्ष जनशक्ति उत्पादन भई रहेको छ । देश विदेशमा रहेका अब्लल राम्रो जनशक्ति उत्पादन भएका छन् ।
पहिला पनि एसोसिएट प्रोग्राम त भएका छन् । तर यो लेबmलको राष्ट्रिय स्तरको कार्यक्रम जुन चाहिँ ह्याकथन भनेर आयोजना गर्ने जमर्को गरिएको छ, यसका लागि हाम्रो चाहिँ विद्यार्थीको क्लब विशेष गरी आइसीएसीलाई धेरै धन्यवाद दिन चाहे ।
अब यो ह्याकथन भनेको चाहिँ के हो भने यसबारे विस्तृत आयोजकले प्रष्ट पार्ने नै छन्, मैले चाहिँ कुनै पनि विषयमा हयाकथन भन्ने बित्तिक्कै एउटा रियल सिचुएसन जुन चाहिँ समस्या छ, त्यो समस्याको समाधान चाहिँएको छ, तर त्यो समस्याको समाधान एकदम छोटो समय अवधिमा विभिन्न एक्सपर्ट अथवा टीम एक्सपोर्ट कोही इन्जिनियर हुन सक्छ, हाम्रो सन्दर्भमा भने इन्जिनियरिङ्गसंग आवद्ध त्यो पनि बढी आइटी क्षेत्रसित होला, रियल वर्ड सिचुसेनको यहीं बसेर सर्टेन २४ देखि ४८ मिनिमम जनरली हुने गर्छ । हाम्रो यहाँ ४८ घण्टा यहीं बसेर कलेजको हाताभित्र बसेर खाना पनि यहीं भित्र खाएर, एउटा थीम बनाउने, सब्जक्ट हुन्छ, त्यो सब्जेक्टको कसरी प्रोब्लमलाई सल्भ गर्ने, त्यो आइडिया पनि निकाल्ने र त्यो आइडियलाई कसरी इम्प्लोइमेन्छ गर्ने हदसम्म पुग्ने कार्यक्रम चाहिँ यो हो ।
अन्य टेक्निकल किसिमका कार्यक्रम चाहिँ धेरै भएका हुन्छन्, यो चाहिँ अलि नौलो किसिमको, सुदूरपश्चिम मात्रै होइन्, देशभर युनिभर्सिटी लेबलमा गर्न खोजिएको यो पहिलो जमर्को हो । यसका लागि धेरै धन्यवाद दिन चाहन्छु । पत्रकारहरुले सबै जनासम्म पुग्ने गरी प्रचार गरि दिनु हुने छ भन्ने म अपेक्षा राख्दछु । र यसका लागि सबै तह तप्काबाट सहयोग हुने आशा गर्दछु ।
दिलिप पन्त, सल्लाहकार क्लब

हामीले गर्न गई रहेको कार्यक्रमको नाम एन्नेक्स इन्नोभेसन इ एक्सलेन्स रहेको छ । यो आइसीएसी क्लबको मुख्य आयोजनामा सञ्चालन हुन गई रहेको छ ।
यो सुदूरपश्चिममा पहिलो पटक आयोजना हुन गई रहेको ४८ घण्टे राष्ट्रिय ह्याकथन हो । मंसिर ५ देखि ७ गतेसम्म स्कुल अफ इन्जिनिरिङ्गको भवन हुन गई रहेको छ ।
ह्याकथन भन्नाले सहभागीले टीम बनाएर वास्तविक समस्याको समाधान प्रविधिको प्रयोग गरी र सम्भव भएसम्म त्यसको नमूना तयार गरी प्रस्तुत गर्ने कार्यलाई भन्ने बुझिन्छ ।
कुनै पनि समस्या, जुनसुकै क्षेत्रमा पनि समस्या हुन सक्छ, दैनिक जीवन भोगि रहेका समस्यालाई डिजिटल माध्यमबाट कसरी समाधान दिन सकिन्छ भनेर छलफल गरिन्छ । यो साइबर आक्रमण नभई सिर्जनशिलता र समस्या समाधान गर्ने प्रविधि हो ।
हाम्रो उद्देश्य पुरस्कार वितरणमा मात्रै सीमित छैन, सहभागीले नयाँ कुरा सिकुन, टीममा काम गर्ने सीप विकास गरुन, सम्बन्धित क्षेत्रका व्यक्तिसित सम्बन्ध विस्तार गर्न सकुन र आफ्ना विचारलाई उपयुक्त परियोजनाका रुपमा रुपान्तरण गर्न सकुन भन्ने अपेक्षा राखेका छौ ।
हामी यहाँ पत्रकारबाट समाचार प्रकाशन प्रसारणको अपेक्षा मात्रै गर्दैनौ, रचनात्मक सल्लाह सुझाव र सकारात्मक सहकार्यको आशा पनि गर्दछौ ।
भुपेन्द्र जोशी, निवर्तमान अध्यक्ष
युन्नेक्स मेरो लागि महत्वपूर्ण मात्रै होइन, यो मेरा लागि सपना हो । डेढ वर्षदेखि , विगतमा म अध्यक्ष हुँदा पनि यो कार्यक्रम आयोजना गर्न खोजेकै हो । केही त्यस्ता कारण थिए, जसका कारण कार्यक्रम सञ्चालन गर्न सकिएन । अहिले चाहिँ त्यो सपना साकार हुन लागेको महसुस गरेको छु ।
यो सपना साकार भएको देख्दा निकै खुसी, उत्साहित र भावुक पनि बनेको छु । यसका लागि म सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।
यो कार्यक्रमको ढाँचाबारे भन्नु पर्दा सहभागीले यही स्कुल अफ इन्जिनियरिङ्गको हाताभित्र बसेर तीन दिन सहभागी हुनु पर्नेछ ।
सहभागी हुने टीमले समस्या पहिचान गरी एउटा नमूना प्रोजेक्छ तयार गर्न सक्ने छन् । यसको विशेषता भनेको सीमित समयभित्र सदस्यहरुले मिलेर टीममा काम गर्न हो ।
सहभागीले समस्या पहिचानदेखि समाधानसम्म प्रविधि प्रयोगको विभिन्न चरण पार गर्दै जानु पर्ने हुन्छ ।
सहभागीले केबल योजनाको विचार मात्रै प्रस्तुत गरेर नरोकिउन, उनीहरुले यसको समाधान कसरी हुन्छ, कसलाई फाइदा पुगाउँछ, त्यसलाई कसरी कार्यान्वयन गर्छ, भविष्यमा अझ त्यसलाई कसरी सुधार गर्न सकिन्छ भन्नेमा स्पष्ट हुनु पर्ने छ भनेर यो कार्यक्रम सञ्चालन भइ रहेको छ ।
हामीले तयार गरेको ढाँचा अनुसार एउटा टीममा तीनदेखि चार जनासम्म सहभागी हुन पाउने छन् र सहभागिता दर्ता निःशुल्क राखिएको छ । दर्ता गर्दा प्रस्तुत गरिएको आइडियालाई स्क्रीनिङ्ग गरी त्यसबाट १० ओटा उत्कृष्ठ आइडिया छनौट गरी स्कुलमा आमन्त्रण गरी सहभागी गर्ने कुरा भएको छ ।
सहभागी हुन चाहनेले रजिष्ट्रेसन फाराम भर्न पर्नेछ । सीमित समयमा समस्या समाधान गर्न सकिन्छ कि सकिदैन भन्ने कुरा सहभागीले स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ ।
दर्ता प्रक्रिया सुरु भइ सकेको छ । यो कार्तिक २७ गतेसम्म खुला रहनेछ । कम्प्युटर, इन्जिनियरिङ्ग, साइन्स,जुनसुकै क्याम्पस शैक्षिक संस्थाको भए पनि सहभागी हुन पाउने छन् । उनीहरुले आफ्नो रुची, समस्या, अनुभवका आधारमा प्लान बनाएर दिन सक्ने छन् ।
ती सबै प्रस्तावमाथि विशेषज्ञ टीमले मूल्याङ्कन गरी फाइनल गर्ने छन् । त्यसपछि छनौट भएका टीमले दुई हजार शुल्क तिरी सहभागी भएर प्रोडक्ट बजाउनु पर्ने हुन्छ ।
उत्कृष्ठ हुने टीमका लागि एक लाख १५ हजार पुरस्कार व्यवस्था गरेका छौ । त्यस बाहेक लाखौ मूल्य पर्ने कोर्ष पनि प्रोभाइड गर्छौ ।
