ghar sansar

भीमदत्त ८ नम्बर वडालाई हल्दुखालको वडा स्तरीय कबड्डी प्रतियोगिता उपाधि

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ७ हल्दुखालमा आयोजित तेस्रो वडा स्तरीय कबड्डी प्रतियोगिताको उपाधि भीमदत्त ८ नम्बर वडाले हात पारेको छ । 

आइतबार भएको फाइनल खेलमा भीनपा ६ लाई हराउँदै ८ नम्बर वडाले उपाधि जितेको छ ।

उपाधिसंगै ८ नम्बर वडाले नगद प्रथम पुरस्कार ५५ हजार, ५सय ५५रुपैया पुरस्कार र प्रमण पत्र पाएको छ ।

प्रतियोगितामा द्वितीय स्थान हासिल गरेको भीनपा ६ ले नगद ३३ हजार ३ सय ३३ रुपैँया पुरस्कार हात पारेको छ ।
प्रतियोगितमा भीनपा १ र भीनपा ७ ए टीमले तृतीय स्थान हात पारेका छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विजेता टीमलाई ट्रफी सहित नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरे ।

dirghayi clinic

मुख्यमन्त्री खगराज भट्टको प्रमुख आतिथ्यमा प्रतियोगितामा समापन कार्यक्रम गरिएको छ । भीनपा ७ र दिपज्योति क्लबले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेको हो ।

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले प्रतियोगिता उद्घाटन गरेका थिए । समापन समारोहको अध्यक्षता भीनपा ७ का वडा अध्यक्ष गणेश बहादुर चन्दले गरे ।

प्रतियोगितामा भीमदत्त नगरपालिकाका ९ टीमले भाग लिएको क्लबका सचिव भीम कार्कीले जानकारी दिए ।

नगरपालिका ७ नम्बर वडा कार्यालय र दिपज्योती क्लबले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन भीमदत्तका मेयर पदम बोगटीले गरेका छन् ।

तीन दिनसम्म चलेको प्रतियोगिता शान्तिपूर्ण रुपमा सम्पन्न भएको क्लबका अध्यक्ष राज बहादुर चन्दले बताए ।

समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावल, भीनपा ८ का वडा अध्यक्ष मदन मिश्र, भीमदत्त ७ का निवर्तमान वडा अध्यक्ष शंकर कुँबर सहित जनप्रतिनिधि, विभिन्न खेलका प्रशिक्षक, खेलाडी सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...