ghar sansar

रास्वपा कार्यकर्ताको आग्रहपछि भीमदत्तको मेयर उम्मेदवारका लागि क्यान्डिडेट क्लबमा जान सिंह तयार

khasi

महेन्द्रनगर । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का कार्यकर्ताको समाजसेवी सुभास बहादुर सिंहलाई उम्मेदवारीका लागि क्यान्डिेट क्बलमा जान मनाएका छन् ।

भीमदत्त नगरपालिकाको मेयरका लागि सिंहलाई पार्टी क्यान्डिडेट क्बलमा निवेदन दिन कार्यकर्ताले सोमबार छलफल गरी तयार पारेका छन् । छलफलमा कार्यकर्ताले आग्रह गरेपछि सिंह उम्मेदवारका लागि क्लबमा निवेदन तयार भएका रास्वपाका युवा नेता अमूल्य चन्द ठकुरीले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् ।

भीमदत्त नगरपालिका १८ का सिंह रास्वपामा आवद्ध छन् । संयुक्त राष्ट्र संघमा लामो समय काम गरेका उनले तीन वर्ष अघि पार्टी सदस्यता लिएका थिए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भीमदत्तको मेयर पदका लागि चाहना राख्नको लागि सुभाष बहादुर सिंहज्यूलाई रास्वपाका कार्यकर्ताले क्यानडिडेट क्लबमा जानको लागि सहमति गराइयो’ नेता ठकुरीले सामाजिक सञ्जालमा भनेका छन् ।

रास्वपा नेता ठकुरीले सिंहसित राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव भएकाले भीमदत्तको विकास र समृद्धिका लागि उपयुक्त उम्मेदवार हुने आशमा सिंहलाई उम्मेदवारका लागि क्यान्डिडेट क्लबमा निवेदन दिन आग्रह गरिएको बताए ।

‘भीमदत्त नगरपालिकालाई अब सामान्य आश्वासन मात्र होइन, संसारकै सबैभन्दा कठिन युद्ध र संकटको भुक्तभोगी, र ती संकटहरूलाई कुशलतापूर्वक समाधान गरेको प्रमाणित अन्तर्राष्ट्रिय क्षमता भएको नेतृत्व चाहिएको छ’ उनले भने ।

चन्दले सिंहले विभिन्न ठाउँमा गरेको काम पनि सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

dirghayi clinic

सिंहको संक्षिप्त्त परिचय 

संयुक्त राष्ट्रसंघबाट विश्वकै प्रतिष्ठित “फिल्ड हिरो“ उपाधि प्राप्त र पाकिस्तान सरकारबाट “पाकिस्तान आर्मी ब्रिगेड अवार्ड“ विजेता सुभाष बहादुर सिंह भीमदत्तको मुहार फेर्न भरपुर कोसिस गर्ने अठोट गर्न लागि पर्नु हुने देखिन्छ ।
हामीले किन गर्वका साथ सुभास बहादुर सिंह जस्ता दक्ष, अनुभवी र शिक्षित ब्यक्तीलाई प्रेरित नगर्ने ?

– विश्वका भयानक संकट र युद्धग्रस्त क्षेत्रको अनुभवः उहाँले म्यानमार, पाकिस्तान, लाइबेरिया र सिएरा लियोन जस्ता चरम द्वन्द्व र भोकमरीको चपेटामा परेका देशहरूमा अग्रपंक्तिमा रहेर जीवन जोखिममा पार्दै आपतकालीन मानवीय कार्य र खाद्यान्न व्यवस्थापनको सफल नेतृत्व गर्नु भयो । जसको कदरस्वरूप संयुक्त राष्ट्रसंघले उहाँलाई रोममा “फिल्ड हिरो“ घोषित ग¥यो ।

– नेपालको द्वन्द्वकाल र भूकम्पमा साहसिक सेवाः देशमा सशस्त्र द्वन्द्व चर्किएको त्यो भयानक समयमा उहाँले सुदूरपश्चिम र मध्यपश्चिमका अति विकट तथा संवेदनशील जिल्लाहरूमा पुगेर भोकमरीविरुद्ध लड्दै जनतालाई खाद्यान्न उपलब्ध गराउनु भयो । विनाशकारी महाभूकम्पको बेला पनि अग्रपंक्तिमा खटिएर राहत र पुनस्र्थापनाको नेतृत्व गर्नुभयो ।

– ’कामका लागि खाद्यान्न’ र विकटको विकासः भीषण खडेरीको समयमा खाद्यान्न संकट टार्दै “कामका लागि खाद्यान्न“ कार्यक्रम मार्फत दुर्गमका जनतालाई स्वरोजगार बनाई उनीहरूकै हातबाट गाउँ–ठाउँको पूर्वाधार निर्माण गराउनुभयो ।

– कञ्चनपुरमा कृषि क्रान्तिको जगः कञ्चनपुर उद्योग वाणिज्य संघमा कृषि उद्यम केन्द्र स्थापना गरी सुदूरपश्चिमका ९ वटै जिल्लामा कृषि उपज बजार व्यवस्थापन, तराईमा केरा र सूर्यमुखीको व्यावसायिक उत्पादन तथा पहाडमा तरकारी बीउ–बिजन र फलफूल खेतीको बजार सुनिश्चित गर्नुभयो ।

हाम्रो मूल संकल्पः “सुन्दर, सफा, स्वच्छ र प्रविधिमैत्री भीमदत्त“ जसले संसारभरिका युद्ध र संकट जितेर नेपालको माटो र कृषिको उत्थानमा आफ्नो जीवन समर्पण ग¥यो, उसैले अब भीमदत्त नगरपालिकालाई डिजिटल, पारदर्शी, भ्रष्टाचारमुक्त र देशकै नमुना नगर बनाउनेछ ।

अन्तर्राष्ट्रिय अनुभव, स्थानीय माटोको गहिरो बुझाइ! घण्टी बजाऔँ, सक्षम नेतृत्व रोजौँ! र केही कुरा बुझ्न र छलफल गर्नुपरेमा सधै तत्पर पनि छौ  ।
जय श्री राम ।

Himal dental
सम्बन्धित
Loading...